सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, २२ भदौं । सुनसरी, धादिङ, चितवन र नुवाकोटमा भएका अलग अलग सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १८ यात्रु घाईते भएका छन् ।
सुनसरी जिल्लामा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ यात्रु घाईते भएका छन् ।
दुर्घटनामा झापा जिल्ला मेची नगरपालिका–१ घर भएका २५ बर्षीय किशोर दर्जीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हांसपोसा–२ अन्तर्गत कोशी राजमार्गमा धरानतर्फ जाँदै गरेको को.१ ख १९६३ नम्वरको बस आज दुर्घटना हुँदा बसमा रहेका १८ जना यात्रु घाइते भएका छन् । उनीहरुको धरानस्थित घोपा अस्पताल उपचार भईरहेको छ ।
यता, नुवाकोटको गणेशस्थान–४, बरबोटमा आज विहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बरबोटका २० बर्षीय रामप्रसाद रिजाल रहेका छन् । उनी बा.१ ख ६१५२ नम्वरको गुडीरहेको बसमा चढ्न लाग्दा खस्दा बसको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको थियो ।
यता, चितवनको भरतपुरस्थित टिकौली जंगलमा पनि आज विहान सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा अंदाजी २६ बर्षीय मानसिक सन्तुलन ठीक नभएका पुरुष व्यक्तिका छन् ।
यसैवीच, धादिङको जोगीमारा–९, ज्यामिरेघाटमा मोटर साईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ना.४ ख ४२२२ नम्वरको ट्रकले बा.४९ प २८८७ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नवलपरासी जिल्ला अरुणखोला–४ बस्ने ३६ बर्षीय यमलाल सापकोटा र पसौनी–९ बस्ने ३६ बर्षीय सूर्यप्रसाद पाण्डेको उपचारको क्रममा गएराति गजुरी अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया