जवरजस्ती करणी मुद्दाका कैदीको मृत्यु

मोरङ, २२ भदौ । मोरङ जिल्ला स्थित कारागारमा जवरजस्ती करणी मुद्दा सजाय भोगीरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
मुटु रोगी मोरङकै लेटाङ–८ घर भएका ६५ वर्षीय डम्बरबहादुर विकको उपचारका क्रममा आज विहान कोशी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विक जवरजस्ती करणी मुद्धामा २०६९ साल फागुन–३० गतेदेखि कैद सजाय भुक्तान गरी रहेका थिए ।
यसैवीच, ललितपुर जिल्लाको ओल्खुस्थित पाँच तलाको घरबाट खसेर एक बालकको मृत्यु भएको छ ।
आशाराम महर्जनको घरमा काम गरी बस्ने काभ्रे जिल्ला घर भएका १४ बर्षीय बालक राजेश क्षेत्रीको गएराति मृत्य भएको प्रहरीले जनाएको छ ।
क्षेत्री पाँच तला माथिबाट खसेर गम्भीर घाईते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी भनाई छ । (तस्विर गुगल)

प्रतिक्रिया