गायक श्रेष्ठलाई मातृशोक

सुनसरी : वरिष्ठ संगीतकार तथा गायक दीप श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी ८३ वर्षीया आमा इन्दिरा श्रेष्ठको बुधबार धरानस्थित निवासमा निधन भएको हो । स्व. श्रेष्ठ उच्च रक्तचापबाट पीडित थिइन् । उनी धरान–१४ स्थित घरमा कान्छी बुहारी र नातिनातिनासँग बस्दै आएकी थिइन् । कान्छा छोराको यसअघि नै निधन भइसकेको छ । स्व. श्रेष्ठको पार्थिव शरीर बिहीबार धनकुटाको तमोर नदीमा अन्त्येष्टि गरिएको छ । (सौस)

प्रतिक्रिया