दम्पत्तीलाई सामाजिक बहिष्कार

खोटाङ, २१ भदौ । मादकपदार्थ सेवन गरी छिमेकीलाई अश्लील गालीगलौज गर्ने खोटाङ निर्मलीडाँडाका एक दम्पत्तीलाई समाजले गाउँ बहिष्कार गरेका छन् ।
मादकपदार्थ सेवन गरी छिमेकीलाई अश्लिल गालीगलौज गरिएको आरोपमा हाल दिक्तेल–६ बस्दै आएका निर्मलीडाँडा–९ का जीतबहादुर राई र उनकी पत्नीलाई समाजले गाउँ निकाला गरेका हुन् ।
मादकपदार्थ सेवन गरेको अवस्थामा जहिले पनि घरमा झगडा गर्ने र छिमेकीलाई गालीगलौज गर्ने गरेका राई दम्पत्तीलाई बहिष्कार गरिएको छिमेकी किशोर राईले बताए ।
पटक–पटक बानी सुधार्न सल्लाह सुझाव दिँदासमेत सुधार नभएपछि राई दम्पत्तीलाई दुई महिनाभित्र ठाउँ छाड्ने शर्तमा सहीछाप गराइएको छ ।
तोकिएको समयभित्र गाउँ नछाडे बानीमा सुधार गर्ने र १० हजार जरिवाना तिर्ने शर्तमा दोहोरो कागज पनि गराइएको छ ।

प्रतिक्रिया