गोली प्रहारबाट आमाको हत्या

महोत्तरी, २० भदौ । महोत्तरी जिल्लामा आफ्नै कान्छो छोराले गोली प्रहार गरेर ४५ वर्षीय आमा सुनितादेवी ठाकुरको मृत्यु भएको छ ।
आफ्नै कान्छो छोराले गोली प्रहार गर्दा पशुपतिनगर–२ बस्ने ४५ वर्षीया ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
२७ बर्षीय छोरा रामबहादुर ठाकुरले मंगलबार आमालाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाईते उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी भनाई छ ।
प्रहरीले नलकटुवा पेस्तोल १ थान र सोको गोली ३ राउण्ड समेत बरामद गरेको छ । गोली प्रहार गर्ने छोरा फरार छन् ।

प्रतिक्रिया