सिराहाबाट पाँच बालक बेपत्ता

सिराहा, २० भदौं । सिराहा जिल्लामा घरमा काम गर्न बसेका एक व्यक्तिले गाउँबाट पाँच बालक लिएर फरार भएका छन् ।
असनपुर–४, निपनियाँ गाउँका दोरिक साहको घरमा काम गर्न बसेका शिवा यादवले स्थानीय पाँच बालकलाई फकाएर लगेका हुन् ।
बेपत्ता वालकहरुमा पशुपति ठाकुर, बुधना मोची, अमित साह, सुजित यादव र रुपेश यादव छन् । उनीहरु ११ देखि १३ वर्षसम्म उमेरका हुन् ।
गाई भैंसी चराउन गएका बेला यादवले बालकहरुलाई फकाएर आफैसँग लगेको स्थानीयले बताए ।
मंगलबारदेखि हराएका बालकहरुको अवस्था पत्ता लगाउन पीडित परिवारले खोजतलास गरेपनि हालसम्म कुनै अत्तोपत्तो पाउन नसकेको पीडित परिवारको भनाई छ ।
घटनावारे इलाका प्रहरी कार्यालय गोलवजारले पाँच बालकहरु बेपत्ता भएका विषयमा कुनै जानकारी नआएको उल्लेख गरेको छ ।

प्रतिक्रिया