पुरक एसएलसीको नतिजा सार्वजनिक

काठमाडौं, १९ भदौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले एसएलसी पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
२०६९ साल साउन १७ देखि २४ गतेसम्म सञ्चालन भएको पूरक एसएलसी परीक्षा २०६८ को नतिजा आज प्रकाशित भएको हो ।
नियमित तथा एक्जाम्टेडतर्फका बढीमा २ विषयसम्म अनुत्तीर्ण भई पूरक परीक्षामा कुल १ लाख २१ हजार ४ सय १४ जना परीक्षार्थी सहभागी भएका थिए ।
सहभागी मध्ये ७४ हजार ७ सय ६२ अर्थात ६२ दसमलव ४० प्रतिसत परीक्षार्थी पूरक परीक्षामा उत्तीर्ण भएका छन् ।
परीक्षामा अनियमित कार्य गर्ने ९१ जना परीक्षार्थीको २०६८ को परीक्षा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अनियमित कार्य गर्ने ३४ जना परीक्षार्थी आगामी २०६९ को एसएलसीमा समेत सहभागी हुन नपाउने गरी निष्कासित भएका छन् ।
प्रकाशित नतिजामा आफूले प्राप्त गरेको अङ्कमा चित्त नबुझी पुनर्योगका लागि आवेदन दिन समेत असोजको दुई गते सम्म समय उपलब्ध गराएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
त्यसका लागि परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वा जिल्ला शिक्षा कार्यालयहरुमा प्रतिविषय ३ सय रुपियाँका दरले राजस्व दस्तुर बुझाई निवेदन दिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

रिजल्ट हेर्न सकिने साईटहरु

Website  -सिम्बोल नम्बरमात्र

www.slcresult.soce.gov.np          Office of the Controller of Examinations, Sanothimi.

www.moe.gov.np                        Ministry of Education, Kathmandu, Nepal.          

www.doe.gov.np                         Department of Education, Sanothimi, Bhaktapur.

निम्नानुसारका नम्बरमा SMS गरी जानकारी लिन सकिनेछ —

1400   Nepal Telecom                                    2333    Miracle Infocom

2722    APCA Nepal                            4949    Easy Service

5001    Janaki Technology                   5050    Focusone, Lalitpur                   5225    Teletalk, Kathmandu

टेलिफोनबाट  नेपाल टेलिकमको १६०० मा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिनेछ ।

प्रतिक्रिया