श्रेष्ठ डिआइजीमा बढुवा

काठमाडौं, १८ भदौं । सरकारले नेपाल प्रहरीका एसएसपी सुरेन्द्र श्रेष्ठलाई डिआईजीमा बढुवा गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले श्रेष्ठलाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । नेपाली सेनाका सहायक रथी हिमाल थापाको पनि पदावधि दुई वर्ष थप भएको छ ।
सरकारले गरिव घर पहिचान निर्देशिका पनि पारित गरेको छ । कर्मचारी सञ्चय कोषको प्रमुख कार्यकारी अधिकृतमा कृष्णप्रसाद आचार्य नियुक्त भएका छन् ।

प्रतिक्रिया