चितवनमा भाइरल ज्वरोका बिरामी बढे

चितवन, १८ भदौ । चितवनमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेको छ ।
यस महिनाको दोस्रो साता सम्म ५० प्रतिशतभन्दा बढी भाइरल ज्वरोका बिरामीमा वृद्धि भएको भरतपुर अस्पतालले जनाएको छ ।
दैनिक आउने १ सय ७० बिरामीमध्ये आधाभन्दा बढी भाइरल ज्वरो रहेको अस्पतालका चिकित्सक विजय पौडेलले बताए ।
बिरामी तिलकबहादुर बस्नेतले औषधि खाँदा निको हुने र नखाँदा फेरि ज्वरो आउने क्रम दोहोरी रहेपछि अस्पतालमा भर्ना भएको बताए ।
भरतपुर अस्पतालसँगै अन्य अस्पतालमा समेत भाइरल ज्वरोका बिरामीको संख्या दोब्बरले वृद्धि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया