शव उठाउन साढे ६ लाख

ताप्लेजुङ, १८ भदौ । ट्रकको ठक्करबाट ज्यान गुमाएकी शान्तिमायाँ प्राङदेनको परिवारलाई राहत स्वरुप साढे ६ लाख उपलब्ध गराउने सहमति पछि आफन्तले शव बुझेका छन् ।
ट्रक व्यवसायी, स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच आज भएको वार्ता पछि उनीहरुले शब जिम्मा लिएका हुन् ।
मृतकका परिवारलाई राहत स्वरुप यातायत वीमा संस्थानबाट नगद ५ लाख र ट्रक व्यवसायीका तर्फबाट नगद १ लाख ५० हजार एकमुष्ट बुझाउने सहमति भएको छ । क्षतिपूर्तीको माग गरेर आफन्तहरु आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया