मूल्य बृद्धिको चौतर्फी विरोध

काठमाडौं, १८ भदौं । कामचलाउ सरकारले पेट्रोलिय पदार्थमा पुनः भारि मूल्य गरेपछि चौतर्फी विरोध सुरु भएको छ ।
विभिन्न राजनीतिक दल, युवा, विद्यार्थी तथा संघ संगठनहरुले मूल्य बृद्धिको चर्को विरोध गरेका हुन् । ‘जनताका समस्यासँग कुनै सरोकार नरहेको बर्तमान काम चलाऊ सरकारले पुनः मट्टितेल, खाना पकाउने ग्याँस, डिजेल र पेट्रोलको एकसाथ भाउ बढाएर नेपाली जनताको ढाड नराम्रोसँग भाच्ने काम गरेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
सँधै आयल निगमलाई घाटामा देखाएर मूल्य बृद्धिको औचित्य सावित गर्न खोज्ने तथा अन्य बैकल्पिक उपायहरु नगरी जनताको टाउकोमा मूल्यबृद्धिको बोझ थोपर्ने जनबिरोधी सरकारको जति निन्दा र भत्र्सना गरे पनि कम हुने उनीहरुले उल्लेख गरेका छन् ।
सरकारले आइतबारदेखि लागू हुने गरेर उपत्यकामा पेट्रोलमा प्रतिलिटर १ सय २५, मट्टितेल र डिजेलमा प्रतिलिटर ९७ रुपियाँ र खाना पकाउने ग्याँस प्रति सिलिण्डर १ हजार ४ सय ७० रुपियाँ हुने गरेर मूल्य बृद्धि गरे पछि चर्को विरोध भएको हो ।
मूल्य बृद्धिले न्यून र कमजोर आय बर्गका लाखौलाख नेपाली उपभोक्ताहरुलाई ठूलो मार्का परेको समेत उनीहरुले जनाएका छन् ।
मूल्यबृद्धि फिर्ता गर्न, बिपन्न बर्गलाई राशन कार्ड दिन र भ्रष्टाचार, चुहावट नियन्त्रण तथा अन्य बैकल्पिक उपायहरु गरेर बजार मूल्य नियन्त्रणमा राख्न पनि उनीहरुले सरकारसँग माग गरेका छन् ।
आयल निगमलाई घाटा भएको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वकालमै आधा दर्जन पटक मूल्य बृद्धि भईसकेको छ ।

प्रतिक्रिया