झरना फेरि चलचित्रमा

काठमाडौं : लामो समयदेखि चलचित्र दुनियाँबाट हराएझैँ भएकी अभिनेत्री झरना वज्राचार्यलाई अब फेरि ठूलो पर्दामा देखिने भएको छ । बिनाहल्लाखल्ला सुटिङ भइरहेको चलचित्र सेफ ल्यान्डिङमार्फत उनले पुन: चलचित्रमा पर्कने तयारी गरेकी हुन् । हाल सो चलचित्रको सुटिङ चलिरहेको छ । तर, यो कुरा चलचित्रको युनिटले गोप्य नै राखेको छ ।
त्यसो त कोही मेरो चलचित्रपछि झरनाले प्रशन्न पौडेलको मेरो बेस्ट फ्रेन्डमा अभिनय गर्ने पक्कापक्की भएको थियो । तर, त्यही समय उनी युकेतिर उडिन्, योजना त्यतिकै सेलायो ।
सेफ ल्यान्डिङमा उनी प्रहरीको भूमिकामा देखिने चर्चा गरिएको छ । निर्माणस्रोतले मंगलबारदेखि झरनाले सुटिङ सुरु गर्ने जानकारी गराएको छ । चलचित्रमा नीरज बरालले मुख्य भूमिका निर्वाह गर्दै छन् । सुशील पाण्डे, सुमिना घिमिरे, दीपशिखा शाही, बिएस राणा, रम्मी भट्टलगायत कलाकार पनि रहने निर्माण युनिटले जनकारी गरायो । मलेसियाबाट नेपाल आएका डाइरेक्टर सन्दीप जोसेफले यसको निर्देशन गर्दै छन् । (सौस)

प्रतिक्रिया