आपराधिक क्रियाकलापमा संलग्न ६ पक्राउ

ताप्लेजुङ, १८ भदौ । आपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ युवालाई पक्राउ गरेको छ ।

विभिन्न हातहतियारसहित ६ अभियुक्त पक्राउ गरिएको आइतबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । पक्राउ पर्नेमा हाङपाङ–१ का नरेन्द्र लिम्बूसहित धनकुटाका पाँच जना छन् । अमित राई, निसान राई, भोगेन्द्र राई, विशाल राई र
दिवस राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले गत शुक्रबार राति साढे ९ बजे काम सकेर फूलबारी गाविसतर्फ गइरहेका ताप्लेजुङ हाङपाङ–१ का ४२ वर्षीय मकरजंग लिम्बूलाई धारिलो हतियार र लाठी प्रहार गरेर घाइते बनाएको र उनको साथमा रहेको रकम लुटेर भागेका थिए । लिम्बूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । शनिबार अस्थायी प्रहरी चौकी फूलबारीबाट खटिएको गस्ती प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूका साथबाट एक थान पेस्तोल, चार राउन्ड गोली, नक्कली पेस्तोल, एक थान छुरी, नगद रकमसमेत बरामद गरेको छ ।

प्रतिक्रिया