बाढीका कारण साठी लाखको क्षति

काठमाडौं, १७ भदौं । काठमाडौं र पवर्त जिल्लामा अविरल बर्षाका कारण झण्डै ६० लाख बराबरको क्षति भएको छ ।
काठमाडौंको थानकोट–९ स्थित विश्वनारायण श्रेष्ठको मिरर किङ उद्योगमा मङखु खहरे खोला प्रवेश गर्दा उद्योगमा क्षति पुराएको छ । आज साढे ३ बजे अविरल बर्षाका करण माङखु खहरे खोलामा आएको बाढी पसेर उद्योगमा रहेका करीव २५ लाख रुपियाँ बराबरको सामानहरु बगाएर क्षती पुराएको प्रहरीले जनाएको छ ।
उता, पर्वत जिल्लामा अविरल बर्षाले लुङदी खोलामा आएको बाढीले सालिजा–९ मा रहेको १२ किलोवाट क्षमताको पावर हाउस बगाएको छ ।
लुङदी खोला ग्रामिण लघु जल बिद्युत आयोजनाको एकतले भवन र पावर हाउस गएराति लुङदी खोलाले बगाएको हो । खोलाले घर र आयोजना बगाउदा करीव ४० लाख रुपियाँ बराबरको क्षती भएको छ ।

प्रतिक्रिया