झापामा गोरुको मासु बरामद

झापा, १७ भदौ । झापा जिल्लाको काँकडभिट्टामा प्रहरीले तीन सय किलो गोरुको मासु बरामद गरेको छ ।
मुस्लिम समुदायका महिलाले रिक्सामा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको गोरुको मासु काँकडभिट्टामा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद मासु प्रहरीले नष्ट पनि गरिदिएको छ ।
उनीहरुले गोरुको मासु भारतको पानी ट्याङ्कीबाट ल्याउँदै गर्दा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो । मुस्लिम महिलाहरु भने मासु छाडेर भागेका छन् ।
बरामद गरिएको गोरुको मासु सञ्चारकर्मी, सशस्त्र प्रहरी र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहबरमा सशस्त्र प्रहरी बेस क्याम्पको परिसरमा नष्ट गरिएको छ । (तस्विर गुगल)

प्रतिक्रिया