वृहस्पति र रुपिज क्वार्टरफाइनलमा

काठमाडौ : आयोजक वृहस्पति कलेज ‘बी’ र रुपिज इन्टरनेसनल प्रथम वृहस्पति अन्तरकलेज थ्री बाइ थ्री मनसुन बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
नक्सालस्थित घरेलुकोर्टमा वृहस्पतिले मोडर्न इन्डियन स्कुल ‘ए’ लाई १६–१२ तथा रुपिजले मोडर्न ‘बी’ लाई नै १३–१२ ले पराजित गर ।
क्याबले बुढानीलकण्ठलाई ९–८, ओरियन्टले बुढानीलकण्ठलाई १४–१० तथा जेभियरले क्याबलाई १४–६ ले हराउँदै क्वार्टरफाइनलमा पुगे ।
आइतबारसम्म चल्ने प्रतियोगिताको विजेताले १० हजार तथा उपविजेताले ५ हजार रुपियाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको आयोजकका प्रमुख प्रशासक एवं निर्देशक मुरारीनिधि तिवारीले उद्घाटन गरेका थिए । प्रतियोगितामा १४ टिम सहभागी छन् । (सौस)

प्रतिक्रिया