बदमासीपनि कति धेरै हुन्/तस्विर सहित

काठमाडौं, १६ भदौ । प्रहरीले ललितपुर बस्ने मनोजबहादुर सिंहलाई दर्जन बढि अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ ।
पर्सा जिल्ला स्थायी घर भई ललितपुरको इमाडोल बस्ने ४० वर्षीय सिंहले जागिर लगाउने, विदेश पठाउनेलगायतका कार्यमा ठगी गर्ने गरेको प्रहरी भनाई छ । सो वापत उनले हालसम्म करिव ५ करोड २३ लाख ४० हजार रुपियाँ गठी गरेका छन् ।
उनी भदौ–१२ गते काठमाडौंको रानीवारीस्थित भोजपुरे खाजा घरबाट पक्राउ परेका हुन् ।
उनले जिल्ला प्रसाशन कार्यालय पर्सा र काठमाडौंबाट दुई अलग अलग नागरिकता समेत लिएका छन् ।
‘सिंहले दुई नागरिकता लिएको, वैदेशिक रोजगार ठगी, वन्यजन्तु अपराध, हातहतियार खरखजाना, पुरातात्विक वस्तु संग्रह, सरकारी छाप दस्तखत किर्ते, नागरिकता किर्ते र रकम असुल गरी ठगी गर्ने जस्ता आपराधिक कार्य गरेको खुल्न आएको छ,’ प्रहरीले भनेको छ ।
८९ थान राहदानी, मेड इन इटाली लेखिएको २ वटा म्यागेजिन सहितको पेस्तोल १ थान, रेकसोन लेखिएको सुरक्षाकर्मीले प्रयोग गर्ने चार्जरलगायतका सामान पनि प्रहरीले सिंहको साथबाट बरामद गरेको छ ।
त्यसै गरेर सिंहसँग रहेको कालो रङ्गको संचार ह्याण्ड सेट २ थान, सानो एअरगन १ थान, विभिन्न धारिलो हतियारहरु, दुर्लभ वन्यजन्तुहरुको अखेटोपहारबाट बनाइएका वास्तविक जनावर जस्तो देखिने आकृतिहरु ६ थान, बिभित्र कार्यालयका रबरस्टाम्प छाप ६ थान, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको भर्ना छनौट उमेदवार परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।
उनीसँग रहेका विभिन्न सरकारी कार्यालय र विभागका छाप, कागजात, अपराधमा प्रयोग भएका कम्प्युटर, प्रिन्टर, विभित्र देशका भिषा आवेदन फारम तथा कन्ट्याक्ट पेपरहरु, इन्भाइटेसन लेटरका छायाकपी २० थान, पूर्व महाराजाधिराजको सचिवालय लेखिएको खाम १० थान, तुल्सी चौधरी र पुनदेव चौधरीको नाममा नक्कली भिषा लागेका छायाकपि १ पाना पनि प्रहरीले बरामद गरेको छ । उनले बिभित्र देवीदेवताको धातुको मुर्ति १३ थान समेत राखेका थिए ।

प्रतिक्रिया