बिद्युत प्राधिकरणकै गार्ड चोरीमा संलग्न

काठमाडौं, १६ भदौं । काठमाडौंको चाबहिलस्थित नेपाल बिद्युत प्राधिकरणको सवस्टेशन कार्यालयका सुरक्षा गार्डलाई सामान चोरी गरेर लैजादै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
कार्यालयका सुरक्षा गार्ड गोरखा घर भएका २० वर्षीय नवीन न्यौपानेलाई चोरी गरिएका सामान सहित आज विहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनले बिद्युत जडान गर्न प्रयोग हुने सामानहरु चोरी गरेर लैजाँदै गर्दा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया