रक्सौलबाट दुई बालिकाको उद्धार

वीरगन्ज, १६ भदौ । काठमाडौंको कपनस्थित एक निजी विद्यालयबाट अपहरणमा परेका दुई बालिकालाई पर्सा प्रहरीले सीमावर्ती भारतीय सहर रक्सौलको सिसवा गाउँबाट उद्धार गरेको छ ।
बारा जिल्ला घरभई हाल काठमाडौं–८ बस्ने प्रह्लाद रेग्मीकी १२ वर्षीया छोरी कञ्चन रेग्मी तथा दोलखा चरिकोट–८ का गोविन्द रम्तेलकी १२ वर्षीया छोरी कविता रम्तेललाई उद्धार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विद्यालयबाट पढाइ सकेर घर फर्किनेक्रममा दुई बालिका अपहरणमा परेका थिए । उनीहरुलाई शुक्रबार उद्धार गरिएको हो ।
रक्सौलको सिसवा गाउँमा दुईजना अपरिचित बालिकालाई देखेपछि गाउँलेले सोधपुछ गरेर परिवारसँग टेलिफोनमा सम्पर्क गराई दिएका थिए ।
पर्साबाट मनोहर भट्टको नेतृत्वमा गएको अनुसन्धान टोलीले भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको छ ।

प्रतिक्रिया