नेपालमा संघीयता चाहिन्छः भारत

विराटनगर, १६ भदौ । नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालको समृद्धि एवम् समानुपातिक विकासका लागि संघीयता आवश्यक रहेको बताएका छन् ।
विराटनगरमा आज आयोजित संयुक्त बैठकमा उनले भारतमा पनि सुरु अवस्थामा संघीयता कायम गर्दा अप्ठ्यारो परेको बताए । उनले भने, ‘संघीतालाई गलत रुपमा लिन हुँदैन ।’
उनले नेपाल र भारतवीच सीमानामा कुनै किसिमको पर्खाल आवश्यक नरहेको बताए । काठमाडौं र दिल्लीमा बसेका सीमानाको समस्या बुझन नसकिने बताउँदै भारतीय राजदूत जयन्त प्रसादले त्यसका लागि सीमा क्षेत्रमा आउन चुनौती दिए ।

प्रतिक्रिया