एमाले अध्यक्ष खनाल अस्वस्थ्य


काठमाडौं, १६ भदौं । एमाले अध्यक्ष झलनाथ खनाल अस्वस्थ्य भए पछि अस्पताल भर्ना भएका छन् ।
मुत्रनलीमा समस्या आएपछि उपचारका लागि ललितपुरको अल्का अस्पतालमा उनलाई भर्ना गरिएको स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए ।
उनको मुत्रनलीमा पत्थरीका कारण समस्या आएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।
अल्का अस्पतालका युरो सर्जन डा.सुमन शर्मा, डा.राजेश वटाजु र भारत एपोलो अस्पतालका युरो सर्जन डा.अशुमान अग्रवालको टिमले लेजर टेक्नोलोजीबाट अप्रेसन गरेका छन् ।

प्रतिक्रिया