प्रिय शैलिका !
अविरल बगिरहेछन् तिम्रा सम्झनाका मध्यमस्र्यांदीका लहरहरू, अविराम उर्लिरहेछन् तिम्रा झझल्कोका भदौरे दरौँदी छालहरू र यसरी नै निरन्तर प्रवाहित भइरहेछन् तिम्रा यादका दोहोरी मोदीबेनी सुसाइहरू । यो कुनै कविताको उठान या कवितांश होइन शैली † यो त तिम्रा लागि मेरो मनले गरेको मायालु सम्बोधन हो । यस्तो लाग्छ, सँधैसधैँ तिमीलाई यसरी नै सम्बोधन गर्न पाउँm । मेरा यी प्रणयपरक सम्बोधनले तिमी पुरस्कृत बन्दै जाऊ । मेरो माया, स्नेह, भरोसा, संसाथ र समर्पणले तिमी आफू आफँैमा पुरस्कृत बन्दै गएको आभास गर । तिम्रा सम्झनाका यी अविरल आगमन प्रवाहमा म यसरी प्रवाहित हुँदै गइराखूँ, जहाँ तिम्रो र मेरो भेटघाटको, निकटताको, सम्बन्धको, भावनाको अर्थात् जम्मामा भन्नुपर्दा हाम्रो प्रणयसन्दर्भको छायाचित्र हेर्दै आफूलाई एक भाग्यमानीको परिभाषामा परिभाषित हुँदै गइरहेको अुनभव गर्नसकूँ ।
तिमी उता छौ, म यता । हामी दुईबीच एउटा हुलाकी मार्ग छ । यही मार्गबाट हाम्रा सम्झना ओहोरदोहोर गरिराखेका छन् । यसक्रममा सम्झनाका यी छायाचित्र कहिले मेरा अगाडि पुत्तलीभैँm घुमिरहन्छन्, कहिले मनका आली कान्लातिर सल्बलाइरहन्छन् र कहिले सपनाका सेरोफेरो घुमेर चल्मलाइरहन्छन् । म आफ्नै मनको बार्दलीमा बसेर यी चित्रलाई घरी ओल्टाइपल्टाई गरेर हेरिरहेछु, निफनिरहेछु र केलाइरहेछु । हाम्रा सम्बन्धका यी सुमधुर पालुवामा शंका/उपशंका र अविश्वासको घुन/पुत्ली नलागोस् भनेर प्राप्तिको यो पहारिलो घाममा बिस्कुन पिँmजाइरहेछु ।
शैलिका †
तिमीलाई यो पत्र लेखिरहँदा मन एकतमासले पुलकित भइरहेछ । उन्मादित र रोमाञ्चित भइरहेछ । यी अक्षरभरि तिम्रो मुहारको प्रतिविम्ब प्रतिविम्बित भइरहेछ । मैले देखिरहेछु/भेटिरहेछु, यी अक्षरमा तिमीलाई । त्यसरी नै देखिरहेछु जसरी मैले तिमीलाई सम्बोधन गरेर गीत/गजल लेख्दा अक्षरभरि तिमीलाई देख्थेँ । तिम्रो यो भावनात्मक आगमन नै मेरा लागि लेखकीय आधार बन्दै गइरहेको छ ।
धेरै अगाडि तिमीलाई सम्बोधन गरेर लेखेको यो गजल आज झन् सान्दर्भिक र सापेक्षित बन्दै गएको छ । सुन्छ्यौ–
तिमीसँग बिताएका हररात मैले सम्झेको छु ।
जे–जे भए एकान्तमा हरबात मैले सम्झेको छु ।
सुस्त–सुस्त बतास सुस्त–सुस्त सरसराहट
तप्प–तप्प शीत खस्ने हरपात मैले सम्झेको छु ।
मदहोस मदहोस बन्थ्यौ तिमी, राप हुन्थ्यो मेरो मनमा
अँगालोमा कस्सिएका हरहात मैल सम्झेको छु ।
चुुमिबस्थ्यौ यी हत्केला, ती औँला र यी परेली
बिर्सेको छैन रंगीनरंगीन हरसाथ मैले सम्झेको छु ।
को बिर्सन्छ त्यति मीठो नउत्रिने नशा पिउँदा
प्याला भर्दै पिलाएको हरमात मैले सम्झेको छु ।
…
एउटा कुरा नि शैलिका †
यी सम्झना नहुँदा हुन् त जीवन कति उराठ, उदास र निरास हुन्थ्यो होला हगि ? सम्झनाले नै मान्छेलाई बाँच्न सिकाउँछ, बाँच्ने रहर जगाउँछन् । अक्सर तिमी र मजस्ता प्रेमीप्रेमिका एक्लै हुँदा यसरी नै सम्झनाहरू केलाएर बस्छन् होला नि † बितेका दिनहरूको मीठो सम्झनामा घरी हाँस्छन् होला, घरी रुन्छन् होला, घरी टोलाउँछन् होला, घरी मस्किन्छन् होला र घरी आत्तिन्छन् होला । जसरी यतिबेला म यता त्यस्तै भइरहेछु र सायद तिमी पनि त्यता त्यस्तै बनिरहेकी छ्यौँ । तिमीलाई थाहा छ † तिमीलाई भेटेपछि मैले गीत र गजल लेख्न सुरु गरेको थिएँ । मेरा अधिकांश गीतगजल तिमीप्रति समर्पित र सम्बोधित छन् । तिमी मेरा लागि प्रेमिका मात्र होइनौ, मेरा रचनाकी, सिर्जनाकी प्रेरणा र पात्र हौ । मैले तिमीलाई नभेटेको भए, यसरी प्रणयपरक गीतगजल लेख्न सक्दिनथेँ होला । कतै पत्थर मन बोकेर बाँचिरहेको हुन्थेँ होला, कतै सिउँडी/केतुकी मन बोकेर उदासीनताको पर्खालतिर उपेक्षित भएर दिन काटिरहेको हुन्थेँ होला, या कतै आफूभित्र एक्लो हुनुको पीडा लिएर संकुचित भएर बस्थेँ होला । के हुन्थेँ, के बन्थेँ भन्ने यी ‘सायद’हरू र यी अन्योलताका दिशाहीन दोबाटोमा तिमी भेट्टिएर दिशानिर्देशन गर्यौ, जसले मलाई त्यो छेउदेखि यो छेउसम्म ल्याइपुर्याएको छ ।
तिम्रो लागि मैले लेखेका गीतहरू मजस्ता धेरै प्रेमीको अन्तरमनको भावना बन्नसक्छन् । सबै प्रेमी मजस्ता गीतकार/गजलकार बन्न सक्दैनन् । तर, सबै गीतकार वा गजलकार प्रेमी भने अवश्य हुन्छन् । एउटा गीतकारले रचिदिएको गीत सबैका लागि ‘आफ्नो’ बन्नसक्छ । यो दुनियाँमा म मात्रै तिमीलाई मनपराउने वा माया गर्ने प्रेमी होइन, मजस्ता अरबौँ प्रेमी छन् र तिमीजस्ता प्रेमिका पनि अरबौँ छन् । यी अरबौँ प्रेमी/प्रेमिकाको प्रेम भने एक अर्काप्रति सदासर्वदा समर्पित छ, भइरहनेछ ।
फेरि–फेरि लेख्दै गरौँला यसरी नै पत्रहरू । पत्रभित्र तिमीलाई मनपर्ने मेरा वा अरूका गीत/गजल पनि समावेश गर्दै गरौँला ।
‘सन्चै छ्यौ ? भनेर सोध्नै बिर्सेछु । सुरुमै सोध्नुपर्ने, पुछारमा आएर सोधेँ । हुन त ‘तिमी सन्चै छ्यौ’ भन्नेमा विश्वस्त छु । यसकारण कि मैले नराम्रो सपना देखेको छैन । मनमा कुनै आशंकाको बादल उठेको छैन । तीजले ढपक्कै ढाकेको होला, छपक्कै छोपेको होला, तिमी धपक्कै बलेकी हौली । शुभकामना तिमीलाई यो तीजको । जाँदाजाँदै गीतकार जीवनसागर भण्डारीले आफ्नी प्रेमिकालाई समर्पण गरेर लेखेको गीतको अंश साभार गरेर तिमीलाई सुनाउन मनलाग्यो–
‘सेती बनी तिमी आऊ म बनुँला मादी
एकै ठाउँ भेट्टिएर बगौँ आधी–आधी…।’
प्रतिक्रिया