अनुभूतिका पतझड मौसमहरू

उ एउटा पुरानो मौसमझैँ ल्यकतबनिष्अ थियो । उसको र मेरो सम्बन्ध कुनै आदिवासी गीतझैँ जीवन्त थियो । ऊ सायद एउटा आदिम नदी थियो जो मरुभूमिमा बग्न रुचाउँथ्यो—
म उसकी प्रेयसी हुँ ।
हिजो तपाईंले फोनमा उसको मृत्यु भएको दु:खद् समाचार सुनाउनुभयो । झस्केँ । वास्तवमा त्यसरी नझस्केको धेरै समय भइसकेको थियो । तपाईं मसित उसको बारेमा जान्न चाहनु हुँदोरहेछ । कहाँबाट सुरु गरूँ ?
मेरो नाम संवेदना हो । म एक स्वास्नीमान्छे । पेसाले म एक ाबकजष्यल(म्भकष्नलभच । एक्लो जीवन बिताइरहेकी एक म्ष्खयचअभभ(
आफ्नो विफल दाम्पत्य जीवनबारे चर्चा गरेर तपाईंलाई ‘बोर’ पार्ने छैन । एउटा घटनाचाहिँ अवश्य सुनाउँछु । त्यसबेला म एचभनलबलत थिएँ । एक साँझ मैले पतिलाई बताएँ उक्त कुरा । पिता बन्ने सुखको कल्पना त छाडिदिऔँ उसलाई त मेरो शरीरभित्र हुर्कंदै गइरहेको बच्चाको वैधानिक–पिताप्रति नै शंका उत्पन्न भयो । उसले सोध्यो :
– कसको बच्चा हो ?
त्यो रात भयानक थियो । प्रशस्त वादविवाद भए । अर्को दिन बिहानै त्यस घरलाई सधैँको निम्ति छाडिदिएँ । स्वास्नीमान्छेको जिन्दगी कति आँधीमय हुन्छ ? एउटा साथीको घरमा केही समय बसेँ । त्यही बिहान एउटा क्लिनिकमा गएर बदयचतष्यल गराएँ । पिता त्यस्तो थियो † त्यसको पुत्र कस्तो जन्मेला ? के मैले गैरकानुनी काम गरेँ ?
यदि बदयचतष्यल गराउनु गैरकानुनी हो भने त्यसको जड अर्थात् गर्भधारण गराउन खोज्ने तथाकथित पतिको सम्भोग पनि गैरकानुनी हो । यो सहरमा त्यस्ता गैरकानुनी पिता र पतिहरू तपाईं प्रशस्त फेला पार्नु हुन्छ । तर, के गर्न सकिन्छ । सबैले ९:बकप० मुकुन्डो लगाएका छन् । के तपाईंले खलिल जिब्रानको ुत्जभ :बम :बलु पढ्नुभएको छैन ?
जेहोस्, समयचक्रमा हामी व्यवस्थित हँुदै जान्छौँ । ाबकजष्यल(म्भकष्नलष्लन मा मलाई क्रमश: सफलता मिल्दै गयो । तर, एउटा अभाव सधैँ मनमा खट्किरह्यो । आमा बन्नुको सुखबाट म वञ्चित हुँदै गएँ ।
एउटा समय त्यस्तो आयो जब मलाई जीवन बेतुक/अर्थहीन लाग्न थाल्यो । आफू बाँचिरहेको समय/युग मलाई ठूलो व्यंग्य लाग्यो । सम्बन्ध/प्रेम/मानवीयता सब खोक्रो आदर्श लाग्न थालेपछि मान्छे बौलाउँछ । आफैलाई सोधेँ : यस्तो बेतुक संसारमा बाँचिरहनुको अर्थ के ?
मसित अमेरिकन बेस्ट सेलर : त्जभ ाष्लब िभ्हष्त र अल्बेयर कामुको :थतज या क्ष्कथउजगक नामक पुस्तकहरू थिए जहाँ क्गष्अष्मब ि:भमष्तबतष्यल बारे चर्चा भेट्टाइन्छ ।
मैले आत्महत्याको अन्तिम ाबकजष्यल म्भकष्नल तयार पारेँ—
मैले त्यो योजनालाई बडो कलात्मक–त्यगअज दिनु थियो । त्यस अविस्मरणीय सन्ध्यालाई म कसरी बिर्सन सकुँला । एउटा सम्भ्रान्त किसिमको होटलको दामी कोठा ‘बुक’ गरेँ जहाँ मैले जीवनको अन्त्य देख्नु थियो–
एउटा कालो ‘सल’ थियो साथमा । होटल परिसरमा पुग्दा बरसात हुन थाल्यो । रिसेप्सन केटाले मलाई मेरो कोठाको साँचो दियो । तर, म कोठामा नगई बगैँचाको बेन्चमा गई केही बेर बसेँ । बगैँचाको वास्तुशास्त्र जेन शैलीको थियो । आँखा चिम्लेँ र वर्षात्ले मेरो केश/अनुहार एवं शरीरलाई भिजायो ।
शरीर/देह भिज्यो । तर, आत्मा भिजेन । मेरो आत्मा मरुस्थलझैँ मचथ, सुख्खा थियो । कोठामा गएँ । सबभन्दा पहिले रुयाल खोलेँ/पर्दा सारेँ । अनि बाहिर हेरेँ । बाहिर वर्षात् भइरहेको थियो । त्यहाँबाट शभल(नबचमभल सुनसान देखिन्थ्यो । बेन्च पानीले भिजेको थियो—
त्यसपछि मैले ल्ष्नजत(नयधल लगाएँ । त्यो रात्रिकालीन पोसाक पारदर्शी थियो । ड्ेरसिङ टेबलको अण्डाकार ऐनामा मैले आफ्नो प्रतिविम्ब देखेँ । भिझेको केशमा आफूलाई केही कामुक देखेँ—
मैले त्यस्तो विदेशी कथाहरू प्रशस्त पढेकी थिएँ जहाँ अपराधीलाई झुन्डयाएर मार्ने फैसला सुनाइन्छ । न्यायाधीशले ध्ष्तलभकक(द्ययह मा उभिएको लाचार व्यक्तिलाई फैसला सुनाउँदै भनेको कुरा :
(त्य दभ जबलनभम गलतष् िम्भबतज। ल्यध तजभ अयगचत ष्क बमवयगचलभम।
तर, म अपराधी थिइनँ । म त अस्तित्व, जीवन जगत्लाई फेसनेबल बनाउन हिँडेकी स्वास्नीमान्छे थिइनँ र ? कालो–कजबध िब्यागबाट निकालेँ र त्यसलाई स्पर्श गरेँ । ऐनामा हेर्दै आफ्नो रूपलाई/अस्मितालाई मैले स्वयंको मृत्युदण्डको सजाय सुनाएँ : त्य दभ मभकतचयथभम ायच भखभच बलम भखभच—
वेटरले ल्याएको व्हिस्की कफीटेबलमा थियो । त्यस लार्ज पेगलाई अलिकति घुट्क्याइदिएँ । गिलास समातेरै झ्यालसम्म आएँ । बाहिर, अब त रिमझिम वर्षात्लाई भुइँकुहिरोले पनि साथ दिइरहेको
थियो । बगैँचाको जन्डिस–प्रकाशमा कुहिरो पनि पहेँलाम्मे देखिन्थ्यो—
झ्यालबाट फर्कनै लाग्दा मेरो नजर अघिको बेन्चमा गएर रोकियो । त्यहाँ एउटा मानिस चुपचाप रुँदै बसिरहेको थियो । सेतो ओभरकोट लगाएको त्यो अज्ञात मान्छे ‘मस्त’ सित रुँदै बसेको थियो । बेलाबेलामा, त्यो मान्छे आफ्ना दुवै हात आकाशतिर फैलाएर कुन्नि के गुनगुनाइरहेको थियो । होटलको झ्यालबाट मैले उसलाई निकैबेर हेरेँ । समयसमयमा ऊ उठेर घाँसहरूमा हात फैलाउँदै गीत गाउँदै यताउता ओहोरदोहोर गथ्र्यो र फेरि त्यही बेन्चमा बस्थ्यो—
त्यसैबेला, टेलिफोनको घन्टी बज्यो र मैले रिसिभर उठाएँ । सुनेँ :
– मदाम, ठूलो झरी परिरहेको छ । तपाईंलाई केही आवश्यक परे कृपया भनिदिनुहुन्थ्यो कि † कर्मचारीहरूलाई घर जान हतार भएको छ । किनभने, मदाम…
– ठूलो झरी परिरहेको छ । –मैले भनेँ
– हो मदाम, यो अनौठो झरी छ । यस्तो झरी यता केही वर्षदेखि कहिल्यै भएको थिएन । केही चाहिन्छ कि तपाईंलाई ?
– केही चाहिँदैन । मेरा आवश्यकताहरू केही छैनन् अब । तपाईंको होटल मलाई सुन्दर लाग्यो ।
– धन्यवाद मदाम । तपाईंको रात सुखमय रहोस् ।
सुखमय † यो बडो लफडादायक शब्द थियो । त्यो रात बडो रहस्यमय थियो । व्हिस्की पिएँ बिस्तारै बिस्तारै । ओछयानमा ढलेँ र आफ्नो एक्लोपनाको पीडालाई मैले महसुस गर्न सकेँ । मेरा सबै प्रेमीहरूले पनि अब त मलाई छाडिसकेका थिए ।
मैले कालो कजबध िघाँटीमा बेरँे । कालो सर्पझैँ त्यो घाँटीमा बेरियो । घाँटीमा त्यसलाई कसेँ । त्यसैबेला–
हो/त्यसैबेला ढोकामा कसैले जोडजोडले पलयअप गर्‍यो । पहिले त वास्ता गरिनँ । तर, धेरै ढकढक्याउन थालेपछि मैले ढोका खोल्नुपर्‍यो । ढोका बाहिर :
सर्वांग भिझेको एउटा पुरुष उभिएको थियो ठिंग । मलाई देखेर चकित पर्‍यो । बाहिरै आफ्नो सेतो ओभरकोट फुकाल्यो र कोठाभित्र प्रवेश गर्‍यो । केही बोलेन । म पनि केही बोलिनँ । कोठाभित्र, चारैतिर हेरेर त्यसले आफ्नो आँखीभुइँ खुम्च्यायो र सोफामा बस्यो । कफीटेबलमुन्तिर अनाथ ढलेको लाइटर झुकेर निकाल्यो, सिगरेट सल्कायो र आँखा चिम्ली धुवाँ उडायो । जिल्ल परेर म उभिएको, उभियै उसलाई हेरिरहेँ ।
सोफामा बसी ऊ ‘मस्त’ सित धुवाँ उडाइरहेको थियो । म केही बोल्न सकिनँ । वास्तवमा यी सब आकस्मिक रूपमा भएका थिए । धेरै समयपछि मात्र उसले आफ्नो आँखा खोल्यो । उफ् ऽऽऽ ती एक जोर आँखा † ती आँखामा कुन्नि के जादु थिए । तर, त्यसले मलाई हेर्दै, मेरो आँखालाई कमजोर पार्दै यस्तो भन्यो :
–अब, तिमी आत्महत्या गर्न सक्छयौ । म हेर्न चाहन्छु एउटी सुन्दर आइमाई यस्तो झरीमा कसरी कोठामा सुसाइड गर्छे ? म तिमीलाई कुनै प्रकारको ‘डिस्टर्ब’ गर्दिनँ । व्गकत जबलन थयगच कभाि र क्ष्ुिि कष्mउथि धबतअज तजभ दभबगतषग िषिभ म्क्ष्भ् ष्ल तजष्क चययm–
मलाई अचम्म लाग्यो । म तर्सें–
म अफ्ठयारो स्थितिमा थिएँ । त्यसले मेरो असामान्य स्थिति बुझ्दै भन्यो :
– मेरो उपस्थितिमा तिमी त्यसो गर्न सक्दिनौँ । आत्महत्या ज्यादै व्यक्तिगत– एभचकयलब िकुरा हो । त्यसो भए, तयार होऊ संवेदना † म अब तिमीलाई बलात्कार गर्छु ।
त्यसपछि—
सब कसरी भए/किन भए मलाई थाहा भएन । उसले त्यस्तो खतरनाक कुरा भन्यो मात्र होइन, गरेरै देखायो । अनि मलाई चाहिँ के भएको ? मैले किन अस्वीकार गरिनँ । उसित किन लडिनँ/उसलाई किन झम्टिइनँ ? मैले किन उसलाई साथ दिएँ ?
त्यो रात मलाई गहिरो/सुखमय निद्रा लाग्यो । अर्को बिहान मैले आफूलाई बतासभन्दा हलुका पाएँ । उसले मलाई बाँच्न सिकायो । जीवन सुन्दर छ भन्ने बोध मलाई दियो । यी सब पुराना कुराहरू हुन् ।
ऊ खतरनाक प्रेमी थियो । तपाईंले हिजो फोनमा उसको मृत्यु भएको समाचार सुनाउनुभयो । आज म कति दु:खी छु ।
आज पनि झरी पर्लाझैँ छ । त्यो रात कति रहस्यमय थियो † अब त स्मृतिहरू मात्र बाँकी रहने भए । ऊ मेरो प्रेमी थियो । वास्तवमा ऊ एउटा पुरानो मौसम झैं ल्यकतबनिष्अ थियो—
उसको र मेरो सम्बन्ध कुनै आदिवासी गीतझैँ जीवन्त थियो । ऊ सायद एउटा आदिम नदी थियो जो मरुभूमितिर बग्न रुचाउँथ्यो ।
म, संवेदना आज तपाईंलाई भन्न चाहन्छु :
– ऊ मेरो प्रेमी थियो । म उसलाई पुन: जन्माउन चाहन्छु ।
(नगरकोटीको कथासंग्रह ‘मोक्षान्त : काठमान्डु फिभर’भित्रको लामो कथा ‘तिम्रो मृत्युको समाचार’को एक अंश । हालै यस संग्रहको दोस्रो संस्करण बजारमा आएको छ ।)

प्रतिक्रिया