भक्तपुरमा चार घरबाट लुटपाट

काठमाडौं, १५ भदौं । भक्तपुरको दधिकोट–९, हिलचोकमा चार घरबाट नकाव लगाएका अज्ञात समूहले लुटपाट गरेको छ ।
स्थानीय गोपालप्रसाद पाठक सहित ४ जनाको घरमा आज पौने तीन वजे आएका ६ जनाको नकावधारी समूहले हतियार देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटेराले नगद, सुन र चाँदीका गहनासहित करीव ७ लाख १७ हजार रुपियाँ बराबरको धनमाल लगेका छन् ।
यता, काठमाडौंको मित्रनगरमा पनि आजै अल्फाबेट नखुलेको कालो पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले स्थानीय शान्तिदेवी भण्डारीको सुनको सिक्री लुटेर भागेका छन् ।
उनीहरुले पैदलयात्रा गरिरहेकी ६४ वर्षीया भण्डारीले लगाएको अन्दाजी १ लाख १४ हजार रुपियाँ बराबरको २ तोलाको सुनको सिक्री लुटेर मोटरसाईकलबाट फरार भएका थिए ।

प्रतिक्रिया