क्रियाशिल पत्रकार महिलामा शुभेच्छा

काठमाडौं, १५ भदौ । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को शुक्रबार राजधानीमा सम्पन्न तेस्रो अधिवेशनले शुभेच्छा विन्दुलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा अमिका राजथला, महासचिवमा लक्ष्मी बस्नेत, सचिवमा अनिता विन्दु र कोषाध्यक्षमा रामकला खड्कालाई चयन गरेको छ ।
दुई वर्षे कार्यकालका लागि गठित समितिका सदस्यहरुमा अछरी पोखरेल, रमिता लामा, प्रियंका पाण्डे, चन्दा विष्ट रहेका छन् ।
अधिवेशनले निवर्तमान अध्यक्ष संगीता लामालाई वरिष्ठ सदस्यमा चयन गरेको छ । (सौस)

प्रतिक्रिया