नेविसंघका दुई नेता माथि आक्रमण

काठमाडौं, १४ भदौं । नेपाल विद्यार्थी संघले कीर्तिपुरमा आफ्ना दुई नेता माथि सांघातिक आक्रमण गर्ने एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)का समर्थकलाई कारबाहीको माग गरेको छ ।
कीर्तिपुर आयुर्वेद क्याम्पसको होस्टलमा गएराति क्रान्तिकारीका समर्थकले स्ववियु सभापति सुदर्शन पोखरेल र निवर्तमान सभापति शंकर गौतमलाई कुटपिट गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
आफ्ना दुई नेतालाई कुटपिट गर्ने क्रान्तिकारीका समर्थकलाई कारबाहीको माग गरेर नेविसंघले आजै क्याम्पसमा ताला बन्दी पनि गरेको छ । कारबाही नहुँदा सम्म क्याम्पसमा अनिश्चितकालीन तालावन्दी हुने लामिछानेले बताए ।
क्याम्पसमा अध्ययनरत क्रान्तिकारीका समर्थक लक्ष्मीनारायण भगतसहितको समूहले उनीहरु माथि आक्रमण गरेको नेविसंघको आरोप छ ।
नेविसंघले जाहेरी दिए पछि प्रहरी प्रभाग कालीमाटीले क्रान्तिकारीका नेता भगतलाई पक्राउ समेत गरेको छ । अन्य दोषीको खोजी कार्यजारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया