पूर्व राज्यमन्त्रीका छोरालाई दुई नागरिकता

पर्वत, १४ भदौ । पर्वत जिल्लामा पूर्व जलस्रोत राज्यमन्त्री नारायण शर्मा पौडेलका छोराले दुई स्थानबाट नागरिकता लिएको आशंकामा स्थानीय प्रशासनले छानबिन सुरु भएको छ ।
पूर्व राज्यमन्त्री पौडेलका छोरा सागर शर्मा पौडेलले पर्वत र चितवनबाट दुई वटा नागरिकता लिएको आशंकामा छानबिन सुरु भएको हो ।
पर्वत कटुवाचौपारी–५ घर भई लामो समयदेखि चितवनमा बस्दै आएका पौडेलको नागरिकता चितवन जिल्लाकै छ ।
४७ वर्षीय सागरले अहिलेसम्म नागरिकता नलिएको विवरण पेस गरेर जिल्ला प्रशासन कार्यालय पर्वतबाट गत साउन–४ गते ५१–०१–६९–००९२१ नम्बरको नागरिकता लिएका हुन् ।
दोस्रो नागरिकता लिएको आशंकामा उनलाई राहदानी नदिन परराष्ट्र मन्त्रालयमा सिफारिस समेत गरिएको छ ।

प्रतिक्रिया