हिम्स र युनिभर्सल सफल

काठमाडौं : हिम्स, गोल्डेनपिक र युनिभर्सलले सातौँ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार जित हात पारेका छन् । हिम्सले ड्याफोडिललाई ४६–३५, गोल्डेनपिकले ग्यालेक्सीलाई ३८–३७ तथा युनिभर्सलले ग्रिनल्यान्डलाई २९–२६ ले पराजित गरे । हिम्सका कर्मा शेर्पाले १७, गोल्डेनपिकका अनिश मगरले २५ तथा युनिभर्सलका आशिष राईले १६ अंक जोडे ।
ब्वाइजकै अन्य खेलमा दीपज्योतिले न्यु समिटलाई २९–२५, बाबाले बृहस्पतिलाई २९–२० तथा ओसिसले हिमालयलाई ३८–१३ ले हराए । दीपज्योतिका जगदीश बानियाँले १३, बाबाका विशालले
८ तथा ओसिसका शैलेन लिम्बूले ६ अंक जोडे । (सौस)

प्रतिक्रिया