प्रधानमन्त्रीको उम्मेदवार घोषणा हुँदैन

काठमाडौं, १३ भदौ । कांग्रेस केन्द्रीय सदस्य प्रकाश शरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वदलीय बैठकमा आफूले पद छाडेको घोषणा मात्र गरे पनि सहमति बन्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले इरानबाट फर्कने वित्तिकै भट्टराईले पद त्याग गरेको जानकारी गराउनु पर्ने बताए । उनले प्रधानमन्त्रीले त्यस्तो प्रस्ताव गर्ना साथ कांग्रेसले सहमतिको प्रधानमन्त्री उमेदवार तय गर्ने बताए । उनले यथास्थितिमा कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार घोषणा नगर्ने बताए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले एमाओवादी नेतृत्वको सरकारको गतिविधि सत्ता कब्जा तर्फ उन्मुख रहेको बताए । उनले तत्काल कांग्रेसले सरकारको विकल्प दिन सक्नु पर्ने बताए ।
नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य हरिभक्त कंडेलले अध्यादेशका नाममा सत्ता लम्ब्याउने कार्य गरेको बताए । उनले प्रधानमन्त्री भट्टराई विचारबाट पतन भईसकेको आरोप लगाए ।
एमालेका नेता रघुवीर महासेठले सरकारको नियत विपक्षीहरुलाई समाप्त गरेर पोलपोटको जस्तै निरकुंश शासन ल्याउने रहेको बताए ।
उनले भने, ‘अघोषित रुपमा एमाओवादीले सत्ता कब्जा गरिसकेको छ ।’ उनले दलहरुलाई एमाओवादीलाई दलहरुले दबाव दिएर सहमतिमा आउन बाध्य पार्नु पर्ने बताए ।

प्रतिक्रिया