खोजखबर

विपक्षीहरुले काम गर्न दिएननः भट्टराई

सौर्य अनलाइन २०६९ भदौ १२ गते ११:४२ मा प्रकाशित

काठमाडौं, १२ भदौं । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई विपक्षी दलहरुले अवरोध गरेर भने जति काम गर्न नदिएको गुनासो गरेका छन् ।
सरकारको एक बर्ष पुगेका अवसरमा आज राष्ट्रका नाममा सम्वोधन गर्दै उनले विरोधका कारण आफ्ना कार्यक्रमहरु लागू हुन नसके बताए । यद्यपी उनले आफूले धेरै काम गर्न सफल भएको दाबी गरे ।

विमानस्थलहरु भारतलाई व्यवस्थापनका लागि दिने कुनै सहमति नभएको उनले बताए । ‘भारतलाई विमनस्थल दिने कुनै काम भएको छैन,’ उनले भने, ‘विमानस्थलको व्यवस्थापन भारतलाई दिने प्रक्रिया मात्रै अघि बढेको हो ।’ उनले विमानस्थलको व्यवस्थापन सुधार दिने विषयमा विवाद गर्ने कुरा नरहेको बताए ।
नयाँ संविधान संविधानसभा मार्फतनै बनाउने बताएका उनले विकल्पका बारेमा राजनीतिक दलहरुसँगको छलफल पछि टुङगो लाग्ने बताए ।
‘मैले अध्यादेशबाट देश चलाउदै छु भन्ने आरोप गलत छ,’ उनले भने, ‘अध्यादेशबाट देश चलाउने भनेर लागेको आक्षेप गलत छ ।’ उनले दलहरुलाई भनेका छन्, ‘आफू सिसाको घरमा बसेर अरुलाई ढुङगा हान्नु हुँदैन ।’
उनले कांग्रेस सभापति सुशील कोइरालाका कारण संविधानसभा विघठन भएको आरोप लगाए । उनले भने, ‘संविधानसभाको म्याद थपका लागि सरकारले प्रस्तुत गरेको विधेयकलाई कांग्रेस सभापति सुशील कोइराला विरोध गरेका कारण विघठन भएको हो ।’

 

 

सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रवासीका नाउँमा गर्नुभएको विशेष सम्बोधन

आदरणीय नेपाली आमाबुबा, प्यारा दिदीबहिनी तथा दाजुभाइहरू,
सबैभन्दा पहिले म आत्मबलिदानका अनन्त कीर्तिमान रचेर स्वाधीन, संवृद्ध, संघीय, समतामूलक, लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी आन्दोलन, जनजाति र विभिन्न समुदायका आन्दोलनका वीर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहांहरूका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र बलिदानको कलमले इतिहासका छातीमा लेखिएका सहिदका संकल्प र सपना पूरा गर्न आजीवन वि|mयाशील हुने प्रण गर्दछु । जनतालाई अधिकारसम्पन्न बनाउन विभिन्न समयमा भएका जनयुद्ध, शसस्त्र संघर्ष र शान्तिपूर्ण जनआन्दोलनका घाइते तथा बेपत्ता क्रान्तियोद्धाहरुप्रति कृतज्ञता व्यक्त गर्दछु र उहांहरुको आकांक्षा अनुरुपको राष्ट्र निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्‍याउँछु ।
आज मेरो नेतृत्वको सरकार गठन भएको एक वर्षपूरा भएको छ । यो एक वर्षका पि्रय र अपि्रय अनुभवका साक्षी नेपाली दिदीबहिनी दाजुभाइहरु आफैं हुनुहन्छ । वर्तमान सरकारको अथक प्रयत्नका वावजुद संविधानसभाले थपिएको म्याद भित्र संविधान वनाउन नसकी स्वतः अवसान भएको छ । शान्तिप्रवि|mयाले भने यही सरकारको पालामा ऐतिहासिक फड्को मारेको भएता पनि अन्य राजनितिक दलहरुबाट अपेक्षित सहयोग प्राप्त हुन नसक्दा केही महत्वपूर्ण कामहरु सम्पन्न हुन वांकी रहेको अवस्था छ । उपयुक्त परिप्रेक्ष्यमा प्रधानमन्त्रीका रुपमा म मुलुक र जनतासामु आप\mना धारणा अत्यन्त खुला र प्रस्ट भाषामा राख्न उपस्थिति भएको छु ।
न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरु,
भनिन्छ कुनै पनि व्यक्ति वा घटना इतिहासको आवश्यकता र आकस्मिकताको रुपमा पैदा हुन्छ । मेरो नेतृत्वको सरकार पनि नेपाली इतिहासको विशिष्ठ संक्रमणकालको अग्रगामी व्यवस्थापनको आवश्यकताले जन्मिएको थियो । देशका स्थापित संसदवादी शक्तिहरु ग्ाणतन्त्रको स्थापना पछि यथास्थितिवादी शक्तिमा वदलिँदै गएपछि संघीयता लगायतका अग्रगामी परिवर्तनको एजेण्डा पूरा गर्न माओवादी- मधेसवादी गठवन्धनको सरकार वनेको थियो । त्यसैले यो सरकारको पहिलो एक बर्षलाई गणतन्त्रपछिको नयाँ यथास्थितिवादी र अग्रगामी शक्ति वीचको द्वन्द व्यवस्थापनको प्रयत्नको रुपमा मूल्यांकन गर्नु उचित हुनेछ ।
यहांहरुलाई थाहै छ, शान्ति, संविधान, सुशासन र सम्वृद्विका चार ‘स’ यो सरकारका प्राथमिक कार्यभार थिए । ती मध्ये शान्ति र संविधाननिर्माणका प्रवि|mया अझै टुंगिएका छैनन् तर यी दुई विषयमा जति ठूला ठूला उपलब्धी हासिल भए त्यो मेरै नेतृत्वको सरकारको पालामा भए । चौतर्फी हताशा र निराशाको वातावरणमा मेरो नेतृत्वको सरकार बनेको थियो । मुलुकको राजनीतिलाई सरकार गठन र विघटनको गणितीय चासोबाट मोडेर शान्ति र संविधानतिर र्फकाउन हामीले धेरै मेहनत गर्‍र्यौं । जब यो सरकार गठन भयो त्यतिखेर शान्तिप्रवि|mया पूरै अवरुद्ध थियो । वस्तुतः संविधान निर्माणको काम संविधानसभा र त्यहां प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको हो । तर उपयुक्त राजनीतिक वातावरण बनाउन र सहजीकरणको लागि चार वर्षसम्म नफुकेको गांठो फुकाउन यस सरकारले अत्यन्त तीब्र अग्रसरता लिएको हो । सरकार बनेको तेस्रो दिनमै सेना समायोजन विशेष समितिको बैठक बसेर भोलिपल्टै माओवादी सेनाका लडाकु, शिविरहरु र हतियार राखिएका कन्टेनर सबै मूर्त रुपमा विशेष समिति मातहत ल्याइएको र हातहतियारका कन्टेनरको सांचो समितिलाई हस्तान्तरण गरिएको म स्मरण गर्न चाहन्छु । त्यसका विरुद्ध माओवादी भित्रको एउटा संकीर्ण रुढिवादी तप्का खुला रुपमा सडकमा उत्रेको जगजाहेरै छ । त्यसका वावजुद गत २०६८ साल चैत्र २८ गते माओवादी जनमुक्ति सेना नेपाल सरकार मातहत आयो र नेपाली सेनालाई लडाकु, हतियार सहितका कन्टेनर र शिविरको सुरक्षाको जिम्मा दिइयो । यसरी यही सरकारले मात्र देशमा एउटा राज्य र दुईवटा सेनाको स्थितिको अन्त्य गर्‍यो । आप\mनो गुरुत्तर दायित्वलाई संविधानसभा अवसानपछिको अवस्थामा पनि सरकारले मनन गरी शान्तिप्रवि|mयालाई टुङ्ग््याउन दृढ छ । विशेष समितिको म्याद थपिएको छ र त्यसले समायोजन प्रवि|mयाका प्राविधिक पक्षलाई छिटै सम्पन्न गरेर शान्तिप्रवि|mयालाई तार्किक निष्कर्षमा पुर्‍याउने ठोस कार्ययोजना हिजोमात्र अघि सारेको छ । इतिहासको धारा बदल्न वीरता, धैर्य, साहस र वलिदानको कीर्तिमान कायम गरेका जनमुक्ति सेनाका बहादुर योद्धा साथीहरुले फेरि एकपटक संयम र विवेक कायम राख्नेमा म विश्वस्त  छु । यो सबै काम एकीकृत ने.क.पा. -माओवादी) को लचकता र जनमुक्ति सेनाको त्यागबाट संभव भएको हो । यस कार्यप्रति जनमुक्ति सेनाको सरहाना गर्दै यस कामको इतिहासले उच्च मूल्यांकन गर्नेछ भन्ने विश्वास लिएको छु ।
आदरणीय जनसमुदाय,
पृष्ठभूमिको विश्लेषण नगरी वर्तमानमाथि न्याय गर्न सकिदैन । अहिले फर्केर हेर्दा म त्यतिखेर प्रधानमन्त्री भएं, जब गणितीय राजनीतिका पटकपटकका असफल खेलहरुबाट आजित जनता मोहभंगको बिन्दुमा पुगिसकेको थियो । शान्ति र संविधान राष्ट्रका लक्ष्य मानिन छाडेका थिए र सरकार नै लक्ष्य भइरहेको थियो । अहिले प्रतिपक्षी दलले जे भने पनि प्रधानमन्त्रीका रुपमा मैले नेताहरुका दैलादैलामा पुगेर दलहरुबीचका आशंका मेट्न, प्रतिक्रिया र निषेधको ध्वंशात्मक राजनीतिलाई वि|mयात्मक र रचनात्मक बनाउन हरसम्भव प्रयास गरें । प्रधानमन्त्रीका रुपमा व्यवस्थापिका-संसदमा आप\mनो उम्मेदवारी प्रस्तुत गर्दै मैले भनेको थिएं, बहुमतीय प्रवि|mयाबाट प्रधानमन्त्री भए पनि त्यसलाई अन्ततः सहमतीय सरकारमा परिणत गर्नेछु । यसमा हामीले सफलता पाएको पनि हो र यो सरकार गत जेठसम्म आइपुग्दा संविधानसभा निर्वाचनपछिको पहिलो राष्ट्रिय सहमतिको सरकार बनेको पनि हो । शान्ति र संविधानप्रति राष्ट्रको भरोसालाई र्फकाउन सरकार निकै सफल भएको पनि हो । तर, निर्णायक बिन्दुमा आएर एकदमै अनपेक्षित रुपमा नेपाली कांग्रेस र एमालेवाट सरकारमा प्रतिनिधित्व गर्ने सदस्यहरू संविधान सभाको म्याद थप गर्ने सरकारको निर्णयलाई निहुँ बनाएर सरकारबाट बाहिरिनुभयो । हामीलाई आश्चर्य लाग्छ संविधानसभाको आकस्मिक अवसानलाई रोक्न वैलैमा म्याद थपको प्रस्ताव संविधानसभामा लैजाने हामी नै हौँ । हामीले संविधान सभामा लगेको म्याद थपको प्रस्ताव फिर्ता गराउने र त्यसैलाई निहुं वनाएर सरकारवाट वाहिरिने सरकारकै सदस्यहरु यो सरकारले संविधानसभा विघटन गरायो भनेर कुर्लिरहेछन् । भर्खरैको स्मृतिमा ताजै घटनाव|mमलाई सजिलै उल्टो प्रस्तुत गर्ने विडम्वना र उदेकलाग्दो प्रवृत्तिवाट हामी अचम्म पर्छौँ ।
तपाईहरुलाई थाहै छ, कांग्रेस र एमालेका साथीहरु संविधानसभाको म्याद थपको प्रस्तावको विपक्षमा उभिएर सरकारबाट बाहिरिनुभयो । हामी जसरी पनि नेपाली इतिहासको पहिलो निर्वाचित संविधानसभालाई बचाउन चाहन्थ्यौ । म केवल प्रधानमन्त्री होइन, जनतालाई आप\mनो विधान आफै लेख्ने हक हुनुपर्छ भनेर युद्धमा होमिएको राजनीतिक कार्यकर्ता पनि हुँ । संविधानसभा हाम्रा लागि केवल राजनीतिक दाउपेचको प्लेटर्फम थिएन, हाम्रो राजनीतिक विश्वास थियो र त्यसका लागि संघर्षमा हामी अग्रणी हिस्सेदार थियौँ । दश बर्षे सशस्त्र जनयुद्धको केन्द्रीय राजनीतिक माग संविधानसभाको निर्वाचन र त्यसमार्फत वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्या संवोधन गर्ने गरी अग्रगामी संविधानको निर्माण गर्नु नै थियो । संविधानसभाको म्याद तीन महिना थप्ने प्रस्ताव यही सरकारको थियो र औपचारिक रुपमै त्यसलाई संविधानसभामा लगिएको पनि थियो । तर, नेपाली कांग्रेसका पार्टी महामन्त्री समेत रहेका तत्कालीन उपप्रधानमन्त्रीले लगेको प्रस्तावविरुद्ध त्यही पार्टीका सभापतिले पत्रकार सम्मेलन गर्ने बिडम्बनापूर्ण अवस्था बन्यो र त्यही नै संविधानसभा अवसानको आधार बन्यो । इतिहासका तथ्य तथ्यांकहरु साक्षी छन । हामी कसैलाई दोषारोपण गर्न चाहन्नौँ । किनकि संविधानसभाको अवसानमा कसले कस्तो भूमिका  निर्वाह गरे त्यो अब इतिहासले मूल्यांकन गर्नेछ । तर यसको मुख्य कारण अग्रगामी र यथास्थितिवादी सोच र शक्ति वीचकै अन्तरविरोध थियो । गणतन्त्रको प्राप्ति पछि उत्पीडित जाति र क्षेत्रको पहिचान र अधिकार सहितको संघियता नै तत्काल अग्रगमनको सवभन्दा महत्वपूर्ण एजेण्डा थियो । आज हामी विनम्रतापूर्वक भन्छौँ, यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रलाई बेलैमा चिन्न र चिर्न सकिएन । अग्रगमनका पक्षमा प्रस्ट दुई तिहाइ मत हुंदाहुंदै पनि हामीले सहमतिकै प्रतीक्षा गर्यौं र प्रवि|mयामा लगेनौं । अन्तिम घडीसम्म आमसहमतिको हाम्रो अपेक्षा यदि कमजोरी थियो भने त्यो कमजोरी हामीबाट भयो । आज हामीमाथि संविधानसभा विघटनको आरोप लगाउनेहरुलाई त्यतिखेरका घटनाव|mमको विवेकपूर्ण र इमान्दार समीक्षा गर्न आग्रह गर्नुबाहेक हामी केही गर्न सक्दैनौँ । संविधान निर्माणमा महत्वपूर्ण प्रगति नभएका होइनन् तर राज्यको पुनसंरचनाको निर्णायक विन्दुमा गएर संविधान निर्माण अड्कियो । हामीले परिवर्तनका एजेण्डालाई छाड्न सकेनौं, संविधानसभाका कतिपय सहयात्रीहरुले परिवर्तनका मूलभूत मुद्धालाई आत्मसात् गर्न सकेनन् । यही द्वन्द नै संविधानसभाको अवसानको मुख्य कारण वन्यो ।
आदरणीय न्यायप्रेमी जनसमुदाय,
संविधान नै नबनाई संविधानसभाको अवसान पछि यथास्थितिवादी­प्रतिगामी शक्तिहरु खुसी र जनता हताश हुनु स्वाभाविक हो । तर हामीले बिर्सनु हुंदैन, राष्ट्रराज्य निर्माणका व|mममा संसारका धेरै मुलुकले ठूला ठूला ऐतिहासिक मोड र चुनौति पार गरेका छन् । त्यसैले यो हताश हुने बेला होइन बरु थप सतर्क, थप जागरुक र थप क्रियाशील हुने बेला हो । यस्तै संकटको घडीमा राष्ट्रिय नेतृत्व र जनताको परीक्षा हुन्छ । संविधान लेखिएन तर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता महत्वपूर्ण उपलब्धिलाई अब इतिहासको कुनै पनि प्रतिगामी तागतले खोस्न सक्दैन । राज्यपुनर्संरचना टुंगोमा पुग्न सकेन तर त्यो प्रक्रिया अघि वढिसकेको छ । त्यसलाई रोक्न र र्फकाउन सक्ने क्षमता अब कसैसंग छैन । संविधानसभा छैन तर जनताको परिवर्तन र न्यायको आवेग र आकांक्षा जीवितै छ । छलबल र षड्यन्त्रबाट इतिहासको गतिलाई सुस्त बनाउन सकिएला तर रोक्न सम्भव छैन भन्ने तथ्यलाई सबै पक्षले आत्मसात् गर्न जरुरी छ ।
संविधान बन्न नसक्नुका पछाडि हामी धेरैले संविधानसभाका अन्तिम दिनहरुमा कारण खोज्ने गर्छौं । तर वास्तविकता त्यो होइन । अहिले फर्केर हेर्दा संविधान बन्न नदिने खेल त निकै पहिले नै सुरु भइसकेको महसुस हुन्छ । हाम्रो संविधानसभा सम्भवतः संसारकै इतिहासमा सबैभन्दा बढी समावेशी थियो । त्यसमार्फत उत्पीडित वर्ग, क्षेत्र, लिंग र समुदायका अधिकारलाई स्थापित गर्दै नयां संविधान जारी गर्ने अभिभारा नेपाली जनताले राजनीतिक दलहरुलाई दिएका थिए । अन्तरिम संविधानले संविधानसभामा पक्ष र प्रतिपक्षको कल्पना गरेको थिएन, केवल सहयात्रा र सहमतिको कल्पना गरेको थियो ।  तर, संविधानसभाको चुनावबाट एनेकपा -माओवादी) सबैभन्दा ठूलो दल हुन पुग्यो । यसरी परिवर्तनका एजेन्डालाई जनताले खुला अनुमोदन गरे पछि यथास्थितिवादी शक्तिहरु षड्यन्त्रपूर्वक अन्तरिम संविधानको सहमतीय प्रणालीविरुद्ध खनिए । त्यसमा संशोधन नगर्दासम्म सरकार नै गठन हुन नदिने गरी घेराबन्दी गरियो । यसरी देश बहुमतीय प्रणालीमा गयो र त्यसले आशंका, अविश्वास, निषेध र प्रतिघातमात्र जन्मायो । उपर्युक्त पृष्ठभुमिमा संविधानसभाबाटै अग्रगामी संविधान जारी गर्न र शान्ति प्रकृया टुङ्ग््याउन सहमतिको अपिल गर्दै म आफैं हरेक नेताका घरघरमा पुगेको हुं । शान्तिप्रवि|mयाको हलो अड्काएर नयां संविधान बन्न नदिने र परिवर्तनको समग्र प्रवि|mयालाई नै अवरुद्ध पार्ने षड्यन्त्रलाई असफल बनाउन माओवादीले निर्णायक अग्रसरता लिएको यहांहरुलाई थाहै छ । माओवादीले शान्तिप्रवि|mयामा सहयोग नगरेकै कारण समयमा संविधान बन्न नसकेको आरोप हामीले लामो समयसम्म सुन्यौं । ‘शान्ति प्रकृया टुङ्गिएको २४ घण्टाभित्र संविधानमा सहमति जुटाउछौं’ भन्ने भनाई आमजनताले पटक पटक सुनेकै हुन् । संविधानका एक सय भन्दा बढी विवादित विषयहरूमा सहमति जुटाउन एनेकपा -माओवादी) ले नै सबैभन्दा बढी जिम्मेवारीबोध गरी लचकता लिएको पनि हो । तर, एक हातले ताली बज्दो रहेनछ, कस्सिएका मुठ्ठीसँग कसैले हात मिलाउन सक्दोरहेनछ ।
आदरणीय जनसमुदाय,
हामी सबै पक्षलाई विनम्रतापूर्वक अपिल गर्दछौँ, सरकार कसैसँग कुनै मुठभेडका पक्षमा छैन तर राज्य संचालनका न्यूनतम दायित्ववाट पनि सरकार पञ्छिन सक्दैन । सरकार जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न अग्रसर रहने छ । राज्यका विभिन्न अंगहरुबीच असझमदारी खडा गरेर एजेन्डारहित सत्तालालसा राख्नु राष्ट्रप्रति जिम्मेवारीको निर्वहन पक्कै होइन । यो जटिल कालखन्डमा मुलुकले राजनीतिक नेतृत्वबाट थप संवेदनशीलता र जिम्मेवारीबोधको अपेक्षा गरेको छ । हामी आम नेपाली दाजुभाई दिदिबहिनी सामु फेरि पनि दोहोर्‍याउँछौ, राजनीतिक सहमति हुन्छ, निकास निस्कन्छ र अर्को वैधानिक सरकार बन्छ भने हामी एक सेकेन्ड पनि ढिला नगरी बाटो खोल्न तयार छौँ । म आफै प्रधानमन्त्री बन्न राजनीतिमा आएको होइन र प्रधानमन्त्री बनिरहनु मेरो अभिष्ट पनि होइन ।
हामी सबै राजनीतिक दललाई सकेसम्म छिटो सहमतिमा आएर राजनीतिक निकास खोज्न अपिल गर्दछौँ । यो प्रवि|mयामा हामीलाई उहांहरुले सबैभन्दा सहयोगी भूमिकामा पाउनुहुनेछ । प्रतिपक्षी दलहरुलाई हाम्रो एउटै अपिल छ­ एउटा लोकतान्त्रिक, परिवर्तनशील र खुला समाजमा मतभेद र असहमतिहरुको फैसला आपसी परामर्श र वहसवाट हुनुपर्छ । व|mान्ति वा वलपूर्ण परिवर्तन तव अनिवार्य हुन्छ जव व|mमवद्ध विकासलाई धेरै समयसम्म अवरुद्ध गरिन्छ । अनुचित आधारहरुमा अनुचित पर्खाल खडा नगरौं, सहमतिको आधार खोजौं र राष्ट्रलाई निकास दिऊं ।
आदरणीय जनसमुदाय,
जनताले हामीमाथि कति धेरै विश्वास, प्रेम र अपेक्षा राखेका थिए भन्ने हामी जान्दछौँ । त्यो सद्भाव र प्रेम नै हाम्रो सबैभन्दा ठूलो राजनीतिक पंूजी हो । हाम्रो प्रस्ट राजनीतिक विश्वास छ­ सामाजिक र आर्थिक न्यायका मूलभूत मानक स्थापित गर्न नसके लोकतन्त्र संस्थागत हुने छैन । सरकार यस्ता नीतिहरुको निर्धारणका पक्षमा छ जसले विकासका आवश्यकताहरुलाई विपन्नहरुको चिन्तासंग जोड्न सकोस् । यस्ता उपायहरुका पक्षमा छ जो लोककल्याणकारी पनि होस् र जसले उत्पादक शक्तिलाई पनि गतिशील वनाओस् । विकासका आवश्यकताहरु, आर्थिक वृद्धि र न्यायपूर्ण  वितरणका वीचमा सन्तुलन कायम गर्न सकिएन भने लोकतन्त्र गतिशील हुन सक्दैन र आप\mना लक्ष्यलाई पनि हासिल गर्न सक्दैन । तर, हाम्रो कार्यकालमा पनि सोचेजस्तो सुधार किन भएन त भन्ने प्रश्नको उत्तर चाहिरहेका जनसमुदायले के बुझिदिन पर्‍र्यो भने हाम्रो सरकारले न गत वर्ष नीति तथा कार्यव|mम र पूर्ण बजेट ल्याउन पायो, न अहिले ल्याउन पायो । जब यो सरकार गठन भयो, अघिल्लो सरकारको नीति तथा कार्यव|mमको बिरासतमा काम गर्नुपर्ने अवस्था थियो । अहिले पनि यस्तो वितन्डापूर्ण वातावरण तयार गरियो कि पूर्ण बजेट ल्याउन सक्ने अवस्था बनेन ।
यसपटक हामी आर्थिक वृद्धि, गरीबी निवारण र रोजगारीलाई केन्द्रमा राखेर नीति तथा कार्यव|mम र बजेट ल्याउदै थियौं । पूर्ण बजेट ल्याउनु सरकारको अधिकार थियो र बजेट ल्याउन नदिनु कुनै पनि तर्कले जनपक्षीय हुन सक्दैनथ्यो । तर, राजनीतिक सहमति नजुटेको कारण देखाएर पूर्ण बजेट ल्याउन नसक्ने अवस्था बनाइयो । राजनीतिक संवादको थालनी हुन्छ भने ठीकै छ भनेर सरकार त्याग गर्न तयार भयो ।  यसबाट सरकारलाई जनपक्षीय नयां सोच र कार्यव|mम ल्याउन अवरोध पुग्यो र पुरानै सरकारले ल्याएका कार्यव|mमहरुको कार्यान्वयन पनि प्रभावित भए । उदाहरणका रुपमा वेरोजगारहरुलाई कम्तिमा पनि एक बर्षमा सय दिन रोजगारीको ग्यारेन्टी गर्ने र त्यसो नभए आधा समयको  वेरोजगार भत्ताको व्यवस्था गर्ने हाम्रो तयारी पूर्ण बजेट विना ल्याउन सकिएन । बजेटकै कारण राष्ट्र निर्माणमा सम्पूर्ण जनसमुदाय, खास गरी युवा वर्गलाई स्वतःस्फूर्त सहभागी बनाउने ‘स्वयं सेवा अभियान’ र पर्यावरणको संरक्षण तथा पानीमा गरीबको पहुंच बढाई कृषि तथा पशुपालनमा प्रत्यक्ष सहयोग पुरयाउने ‘एक गाऊं एक पोखरी’ अभियान जस्ता कार्यक्रम अवरुद्ध भए । असाध्यै आत्मकेन्दि्रत र व्यक्तिवादी हुंदै गएको समाजलाई सामाजिक उत्तरदायित्वतिर उन्मुख गराउन हामीले अभियानात्मक रुपमा स्वयंसेवा अभियान अघि बढाएका थियौँ । उपदेश र आदेश दिएर पुग्दैन, आफैंले गरेर देखाउनुपर्छ भनेर म आफै बागमती नदीमा पसेर सरसफाइमा सहभागी बनें, कुचो लिएर सडक पनि बढारें । ग्रामीण क्षेत्रमा ‘एक गाउं एक पोखरी’ कार्यव|mम र सहरी क्षेत्रमा सरसफाई अभियान सुरु गरेर पछि त्यसलाई निरक्षरता उन्मुलन, खुला दिशा मुक्त अभियान र साना विकास निर्माणका अभियान चलाउने हाम्रो अठोट थियो । तर, पूर्ण बजेट ल्याउन नपाउंदा बजेटकै कारण यी कार्यव|mमलाई अघि बढाउन सकिएन ।
यसबीचमा अत्यावश्यक वस्तु जस्तै मल र तेलको अन्तराष्ट्रिय वजारमै धेरै मूल्य बढ्यो । किसानको मर्का बुझेर यो सरकारले मलमा दिने अनुदान रकम बजेटमा व्यवस्था गरिएको भन्दा पनि वढाएर दिने व्यवस्था गर्‍यो । लामो समयपछि यही सरकारका पालामा मलमा अनुदान दिन शुरु गरी त्यसको कार्यव|mमलाई बीचमा अनुदान रकम थप गरी बजेट र बाहृय बजारमा भरपर्नु पर्दा आपूर्तिमा कठीनाई आएको सत्य हो । त्यसै तथ्यलाई ध्यान गरेर यस वर्ष शुरुमै मल आपूर्ती योजना बनाएर अगाडि बढेको जानकारी गराउँन चाहन्छु । साथै पाँच वर्ष भित्र आफ्नै देशमा रासायनिक मलकारखाना स्थापना गर्ने तयारी भैरहेको छ । कृषिप्रधान देशमा कृषि क्षेत्रको रुपान्तरण विना देशको आर्थिक सम्वृद्वि सम्भव छैन भन्ने सोँचका साथ कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सरकारले उल्लेखनीय कदम चालेको छ । वैंक र वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रमा तत्काल ५ प्रतिशत कर्जा प्रवाहित गर्ने र उन्नत पशुपालन र व्यवसायिक खेतिका लागि ९ प्रतिशतको व्याजदर कायम गर्ने निर्णय यसका उदाहरण हुन् ।
यो सरकारले आप\mनो कार्यकालको शुरुमै विपन्न जनतालाई लक्षित गरी ‘तत्कालिन राहत कार्यव|mम’ संचालन गर्‍यो । त्यसमा द्वन्द्वपीडितलाई न्याय, वर्गीय, जातीय, क्षेत्रीय वा लैंगिक हिसाबले उत्पीडनमा परेका सीमान्तकृत समुदायलाई तत्काल राहत दिने कार्यमा मुख्य जोड दिइएको थियो । त्यस कार्यव|mमले दशैं, तिहार, छठ जस्ता हाम्रा महत्वपूर्ण चाडमा पनि जनतालाई केही मात्रामा भएपनि राहत दिन सकेको थियो । यो वर्षपनि मुख्यतः दशैं­तिहार र छठलाई लक्ष्य गरी राहतमूलक कार्यक्रम ल्याइने विश्वास दिलाउँछु । त्यसरी नै हिजो मात्र सार्वजानिक गरिएको अत्यावश्यक वस्तुको सुलभ आपूर्ति, मूल्य नियन्त्रण लगायतको कार्ययोजाना दृढताका साथ कार्यान्वयन गरिने जानकारी गराउँदछु ।
आदरणीय जनसमुदाय,
स्थानीय निकायमा जनप्रतिनिधिको लामो अवधिसम्मको रिक्तताले जनस्तरमा पुर्‍याउने सेवा प्रवाह र विकास निर्माण नराम्रो सँग प्रभावित भएको छ । राजनीतिक दलहरु वीच सहमतिको अभावमा स्थानीय निर्वाचन गराउन सम्भव भैरहेको छैन । छिटो भन्दा छिटो स्थानीय निर्वाचन गरेर लोकतन्त्रको जरा गाउँ र वडासम्म फैलाउन र सेवा प्रवाह तथा विकास निर्माणको कार्यलाई व्यवस्थित र तीव्र पार्न सरकार पूर्ण प्रतिवद्ध छ । सरकारले जे निर्णय गरे पनि न्यायालय गइहाल्ने र सकेसम्म स्टे­अर्डर खोज्ने प्रवृत्ति पनि यसबीचमा डरलाग्दो रुपमा बढेको छ । न्यायपालिका र कार्यपालिकालाई एकीकृत राज्यका परिपूरक भन्दा पनि आपसी प्रतिस्पर्धी र एक अर्काका निषेधार्थीको रुपमा प्रस्तुत गर्न खोज्ने प्रवृत्तिले उदीयमान लोकतन्त्रलाई सवल होईन अपांग र कमजोर वनाउन सक्छ भन्ने कुरालाई सवैले वेलैमा हेक्का राख्नैपर्छ ।

शान्ति, संविधान, सुशासन र संवृद्धि सरकारको मुख्य प्राथमिकता भएता पनि दलहरुबीच सहमति जुटाउने मूलतः राजनीतिक काममा सरकार केन्दि्रत हुनु परेको यथार्थ जगजाहेरै छ । सुशासन र संवृद्धिका घोषित कार्यव|mममा पनि परम्परागत संरचना, प्रकृया र विधिविधानमा जकडिएको नोकरशाही नियमहरुको जञ्जाल र कामको स्पष्ट वांडफांड तथा उत्तरदायित्व प्रणालिको अभाव रहेको अहिलेको शासकीय पद्दतिका कारण आशातित उपलब्धि हासिल गर्न नसकिएको तथ्य स्वीकार्नै पर्दछ । यस्ता प्रणालीमा आमूल परिवर्तन विना परिवर्तनका एजेण्डा कार्यान्वयन गर्न सम्भवै छैन । एकातिर संव|mमणकालका सीमा, अर्कातिर संयुक्त सरकार र पुरानो राज्यसंयन्त्रका सीमालाई पनि जनताले पक्कै बुझेका छन् भन्ने हाम्रो विश्वास छ । यो वस्तुगत परिस्थितिको सापेक्षतामा नै वर्तमान सरकारको गुण र दोषको मूल्यांकन गर्नु उचित हुनेछ ।
केही समस्या हाम्रो विरोधको संस्कृतिमा पनि छ । हामीकहां विरोधका लागि विरोध व|mमशः एउटा संस्कार बन्दै गएको छ । सरकारले काठमाडौं उपत्यकाका सडक विस्तार कार्य अगाडि बढाउदा पनि धेरै विरोधको सामना गर्नुपर्‍यो । सरकारसंग दृढ इच्छाशक्ति नभएको भए काठमाडौंको सडक विस्तार सम्भव थिएन । तीब्र गतिमा वढेको सहरीकरणसंगै व्यवस्थित शहरीविकासलाई अगाडि वढाउन सकिएन भने आम जनताको जिवनस्तर कष्टकर हुनेमात्र होइन सामाजिक न्याय पनि संभव छैन । व्यवस्थित शहरीकरणका लागि नेपाली इतिहासमा पहिलोपल्ट छुट्टै सहरी विकास मन्त्रालय र उच्चस्तरीय काठमाडौं उपत्यका विकास प्राधिकरण यही ध्येयले स्थापना गरिएको हो । आगामी दशैंसम्म अहिले विस्तार भएका काठमाडौंका अधिकांस सडकलाई कालोपत्रे बनाइसक्ने संकल्प हामीले लिएका छौँ र काठमाडौंमा रात्रीबस सञ्चालन भइसकेको स्मरण पनि गराउंछौँ ।
हामीले मितव्ययी र सदाचार पद्धतिलाई संस्कृतिको रुपमा स्थापित गर्न चाहेको यहांहरुको जानकारीमा छंदै छ । मुस्ताङ म्याक्सलाई हामीले एउटा गाडी मात्र भन्दा पनि नयाँ राष्ट्रिय तथा जनमुखी सोंच र शैलीको प्रतिकको रुपमा प्रयोग गरिरहेको स्मरण हामी सवैमा गराउन चाहन्छौं ।
आदरणीय जनसमुदाय,
हामी जनतासंग जीवन्त संवादका पक्षमा छौँ । सिंहदरबार र बालुवाटारलाई रहस्यमयी दाता होइन जनताको सेवक बनाउने प्रतिवद्धता हाम्रो हो । हामी सरकारी सेवालाई पारदर्शी र उत्तरदायी बनाउन कटिबद्ध छौँ । ‘हेलो सरकार’ कक्षमा २४ सै घण्टा गुनासो सुनुवाईको व्यवस्था, जनतासँग प्रधानमन्त्री मासिक रेडियो कार्यव|mम, जनताको घरदैलोमा प्रधानमन्त्री कार्यव|mम जनउत्तरदायी सरकार बनाउने प्रयासहरु हुन् । निश्चय नै ती पर्याप्त छैनन् तर तिनले सरकारको सोचलाई व्यक्त गर्छन् । मन्त्रालयका कामको सूचक बनाई वस्तुपरक मूल्याङ्कनको व्यवस्था, आर्थिक अनियमितताका दर्जनौं उजुरी उपर छानविनको व्यवस्था, अत्यावश्यक वस्तु आपूर्ति संयन्त्र निर्माण पनि सरकारका वि|mयाकलापलाई जनउत्तरदायी र पारदर्शी बनाउनकै लागि आएका छन् । सरकारी कार्यालयमा ढिलासुस्ती र घुसखोरी अनि पूर्वाधार निर्माणमा अनियमितता हटाउन यस वीचमा थुप्रै प्रयास भएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरू माथिको ठगी र  मालपोतलगायतका जनसरोकारका कार्यालयमा हुने अनियमितता रोक्न, राजश्व चुहावट नियन्त्रण गर्न पनि सरकारले तदारुकता देखाएको छ ।
आदरणीय दिदीवहिनी तथा दाज्यूभाइहरू,
यो एक वर्षमा आर्थिक विकास र सम्वृद्धिका क्षेत्रमा पनि सरकारले थुप्रै सकारात्मक पहलकदमी लिएको छ । अवको हाम्रो आर्थिक ध्येय तीब्र र उच्च आर्थिक वृद्धि तथा त्यसबाट प्राप्त लाभको न्यायोचित वितरण नै हुनु पर्दछ । आर्थिक संवृद्धिको उद्देश्य हासिल गर्न र सुशासनको प्रत्याभूतीका लागि आवश्यक पूर्वाधार तयार गर्न गत माघमा आर्थिक संवृद्धि र सुशासन कार्ययोजना सार्वजनिक गरियो । एक दर्जन भन्दा वढी राष्ट्रिय गौरवका आयोजना घोषणा गरी रकम र जनशक्तिको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरियो र त्यो पूरा पनि गरिदैछ । फलस्वरुप ती आयोजनाहरुको प्रगति आशातित रुपमा अगाडि वढेको छ । लगानी मैत्री वातावरण बनाउन लगानीबोर्डको गठन, वैदेशिक लगानी तथा स्वदेशीपूंजीको लगानीका लागि विशेष वातावरण बनाउन लगानी वर्ष घोषणा अनि  निजी क्षेत्रसंग सहकार्य , आर्थिक सल्लाहकार परिषद्को गठन आदिमा निजी क्षेत्रको प्रतिनिधित्व यो सरकारका विशेष पहल हुन् । पर्यटन उद्योगलाईर् राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा राख्ने घोषणा पनि त्यसैको कडी हो । वर्षौ देखि विकृतिको केन्द्र वनेका सार्वजनिक संस्थानहरुको अवस्था सुधार्न, व्यावसायिक बनाउन र राजनीतिक भागवण्डावाट मुक्त राख्न सार्वजिनक संस्थान निर्देशन बोर्ड गठन हुनु सुशासनको क्षेत्रमा महत्वपूर्ण कदम हो ।
लगभग २० वर्षदेखि स्थगित ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविधुत आयोजना विश्वप्रसिद्ध चीनियाँ कम्पनी थ्री गोर्जेज संगको सहकार्यमा अघि बढ्नु एउटा ऐतिहासिक उपलव्धी मान्नै पर्दछ । त्यसरी नै वषौर्ं देखि अवरुद्ध रहेका भारतीय कम्पनीको लगानीका उपल्लो कणर्ाली, उपल्लो मस्र्याङदी, अरुण- ३, तामाकोशी-३ लगायतका ठूला जलविद्युत परियोजनाहरुको परियोजना विकास सम्झौता -पि.डि.ए.) केही महिनाभित्रै सम्पन्न गरेर कार्यान्वयन प्रक्रियामा लैजाने निर्णण हुनु निश्चयनै सुखद कुरा हो । त्यस अतिरिक्त उपल्लो तनहुँ, वुढी गण्डकी, नलसिंगाड, आँधिखोला, उत्तर गंगा, दुधकोशी लगायतका जलाशययुक्त विद्युत परियोजनाहरुलाई प्राथमिकताका साथ अघि वढाउने कार्य भैरहेको छ । पोखरा विमान स्थल निर्माण र भैरहवा विमानस्थलको स्तरोन्नतीका कामहरू केही व्यवधानका वावजुद छिट्टै अगाडि बढ्ढै छ । निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने दिशामा सकारात्मक पहल भैरहेको छ । काठमाडौ­तराई दुर्त मार्ग र मध्य पहाडी लोकमार्ग जस्ता ठूला पूर्वाधार योजना कार्यान्वयनमा छन् ।  तराईमा हुलाकी मार्ग र कणर्ाली, गण्डकी र कोशी उत्तरदक्षिण लोकमार्ग निर्माणमा सकारात्मक प्रगति भएको छ । यी राष्ट्रिय गौरवका आयोजनाहरुमा स्वयं प्रधानमन्त्रीबाटै अनुगमन गर्ने गरिएको छ । यो सरकारले शुरु गरेको अर्को ऐतिहासिक महत्व राख्ने ठूलो पूर्वाधार योजना हेटौडा­काठमाण्डौ सुरुङ्ग मार्ग हो । यो मार्ग लाखौं जनताको प्रत्यक्ष सहभागितामा सरकार र निजी क्षेत्रको साझेदारीमा वन्ने एउटा ऐतिहासिक नमूना योजना वन्नेछ भन्ने यो सरकारले विश्वास लिएको छ ।  हालै मनाङको सदरमुकाम चामेसम्म मोटरबाटो पुगेको छ भने मुगुको सदरमुकाम गमगढीसम्म छिट्टै मोटरबाटो पुर्‍याउने प्रयास भइरहेको छ । यसपछि सदरमुकामसम्म मोटरबाटो पुग्न बाँकी हुम्ला र डोल्पामा सरकारको ध्यान केन्दि्रत हुनेछ । यस अतिरिक्त सिक्टा, रानीजमरा र बबई जस्ता सिंचाई आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजनाको वर्गीकरणमा राखी साधन र स्रोतको अभाव हुन नदिने व्यवस्था मिलाइएको छ ।
आदरणीय जनसमुदायहरु
युयौं देखि थुपि्रदै आएको फोहर एकै वर्षमा सफा गर्न सम्भव थिएन । लामो समयदेखि परनिर्भर रहँदै आएको अर्थतन्त्रलाई एक वर्ष भित्र आत्मनर्भर वनाउन सम्भव थिएन । तर पनि आर्थिक सूचकांकले देखाउँछन्, यो सरकारको प्रदर्शन कमजोर रहेन । यस अवधीमा समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक छन् । । विगत तीन वर्ष कै तुलनामा यस वर्ष उच्च दरमा आर्थिक वृद्धिदर हासिल भएको छ । निकासी पैठारी कारोवार बढेको छ । शोधनान्तर स्थिति ऐतिहासिक रुपमा नै घनात्मक छ । विप्रेषण आय बढेको छ । विदेशी मुद्राको संचिति बढेको छ । नेप्से सूचकाङ्क पहिले भन्दा माथि गएको छ । घरजग्गाको कारोवारमा सुधार आएको छ । आर्थिक विकासको आधार उर्जा संकटले विगतदेखि नेपाली समाजलाई गांजेको अवस्थामा यो सरकारले गत वर्ष लोडसेडिङलाई विगतको १६ घण्टावाट १२ घण्टामा सीमित राख्न सकेको थियो । चालु वर्ष पनि सरकारको प्रयत्न यो समय सिमालाई वढ्न नदिनेतर्फ केन्दि्रत छ । हालै आगामी हिउँदमा लोडसेडिङलाई १०-१२ घण्टा भन्दा माथि जान नदिन विशेष कार्यायोजना तयार गरी कार्यन्वयन गर्ने निर्णय भएको छ ।
राष्ट्रिय पूंजी तथा पूरकको रुपमा विदेशी पूंजी लगानी प्रर्वधन आर्थिक वृद्धि हासिल गरी सामाजिक विकासमा थप लगानीका लागी श्रोत जुटाउने र रोजगारीका अवसर सृजना गर्ने तर्फ सरकारको प्रयत्न केन्दि्रत रहेको छ । मुलुकभित्र लगानीको वातावरण निर्माण गर्न, व्यवसायिक लागत कम गर्न र मुलुकलाई औधोगिकरणको दिशामा उन्मुख गराउन यस वीचमा थुप्रै काम भएका छन् । यसै सन्दर्भमा भारतसँग दोहोरो कर उन्मुक्ति सम्झौता र लगानीको सुरक्षाको प्रत्याभूति गर्ने विप्पा सम्झौता गरिएको छ । राजस्व चुहावट नियन्त्रण र कराधारमा वृद्धि भएका कारण राजस्व असुलीमा सरकारलाई विशेष सफलता मिलेको छ । बैदेशिक सहायताको प्रतिवद्धतामा बढोत्तरी भएको छ ।
आदरणीय देशवासी,
महिला, मधेसी, आदिवासी जनजाति, उत्पीडित क्षेत्र, दलित, मुस्लिम आदिका मुद्धाहरुलाई सम्वोधन नगरेसम्म न शान्तिप्रवि|mया पूरा हुन्छ, न राज्यपुनर्संरचनाकै अर्थ रहन्छ । माओवादी र मधेसी मोर्चावीच सम्पन्न ४ बुदे सहमति कार्यान्वयनका व|mममा बनेको समावेशी विधेयक, नेपाली सेनालाई अरु समावेसी वनाउने अवधारणापत्र, देशको पहिलो मुस्लिम आयोग र वैज्ञानिक भूमिसुधार आयोगहरुका प्रतिवेदनका आधारमा नयाँ भूमिसुधार र व्यवस्था सम्वन्धी विधेयकको तयारी पनि सरकारका इमान्दार प्रयत्नहरु हुन् ।  यसै गरी राष्ट्रिय सुरक्षा नीति, सेनाको लोकतान्त्रीकरण र राष्ट्रिय सुरक्षा परिषदको पुनसर्ंरचना जस्ता महत्वपूर्ण कार्यहरु पनि अघि बढाएको सबैलाई जानकारी गराउन चाहन्छु ।  वेपत्ता व्यक्तिहरुको छानवीन र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्न र निजामति, स्वास्थ्य र शिक्षा सेवामा धेरै लामो समय देखि थुपि्रएका फोहोर सफा गर्न यी विषय सम्बन्धी अध्यादेश नेपाल सरकारले पारित गरेको छ । शहीद तथा बेपत्ताहरुका परिवारलाई गत आर्थिक बर्षमा थप रु दुई लाखका दरले राहत उपलब्ध गराइएको छ ।  घाईते तथा अपांगहरुलाई आजीवन भत्ता, स्वास्थ्यसेवा लगायतका अन्य सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको पनि अवगत गराउंछु ।  अति विकट र विपन्न कणर्ाली तथा सूदूर पश्चिमीपहाडमा यातायात र खाद्य सुरक्षा यो सरकारको प्राथमिकता रहँदै आएको छ । कणर्ाली विकास आयोगको गठनको प्रक्रिया केही प्राविधिक कारणले मात्र ढिला भएको अवस्था छ ।
हामीले सुरुदेखि नै सुशासन र समतामूलक सम्वृद्धिमा जोड दिंदै आएको छौं । खाडी मुलुकमा मात्र दैनिक औसत हजारको हाराहारीमा युवा विदेशिन वाध्य देशमा गरीवी, वेरोजगारी, विभेद तथा उत्पीडनको अन्त्य र समतामूलक आर्थिक­समाजिक सम्वृद्धिविना राजनीतिक लोकतन्त्रले मात्र अर्थ ग्रहण गर्न सक्दैन । २५ प्रतिशत जनसंख्या निरपेक्ष गरीविको रेखामुनी भएको देशले  न्यायपूर्ण वितरणमा ध्यान दिनैपर्छ । गरीवीको रेखामुनी रहेका जनताको पहिचान गरी उनीहरुलाई परिचयपत्र र अत्यावश्यक वस्तुहरु राहतमूल्यमा उपलब्ध गराउन गरिवी निवारण कोष मार्फत् आगामी असोज १ गतेबाट चरणवद्ध रुपमा अभियानात्मक कार्यक्रम अघि वढाईदैछ । यसले देशमा पहिलोपटक गरीवी निवारण अभियानलाई गुणात्मक अग्रगति दिने अपेक्षा गरिएको छ । त्यस्तै युवा स्वरोजगार कोषको प्रयास युवाहरुकै लागि केन्दि्रत छ , राष्ट्रिय स्वयंसेवा अभियानलाई पनि स्वविकाससंग जोड्न खोजिएको छ ।
समाजका सवभन्दा उत्पीडित र हिंसाग्रस्त महिला, दलित र अपांगका मुद्वाहरुलाई राज्यको उच्चतम तहवाट निरुपण गर्न प्रधानमन्त्री कार्यालय अन्तर्गत विशेष संयन्त्र बनाएर राहत प्रदान गर्ने प्रयत्न भएको कुरा पनि म यहाँ सगौरव स्मरण गर्न चाहन्छु । खाशगरी पितृसत्तात्मक शोषण­उत्पीडन र विभेद रोक्न सरकारले महिला हिंसा विरुद्धको संयन्त्रलाई विशेष वि|mयाशील बनाएर गाउँ गाउँसम्म इकाइहरु व्यवस्था गर्न महिला प्रहरीको संख्या एक हजार भन्दा वढीले वृद्धि गर्ने निर्णय गरेको जानकारी गराउंदछु । त्यसरी नै कालीकोट, दैलेख, कास्की, सप्तरी, धादिङ लगायतका स्थानहरुमा दलित विरुद्ध भएका हिंसात्मक घटनामा केन्द्रीय स्तरवाटै हस्तक्षेप गरेर पीडित पक्षलाई राहत र न्याय दिलाउने कार्य भएको पनि म स्मरण गर्न चाहन्छु ।
आदरणीय देशभक्त जनसमुदाय,
दुई ठूला छिमेकी वीचको हाम्रो देशको विशिष्ठ भू­राजनैतिक अवस्थितिको वस्तुसंगत आंकलन गरेर मात्र हामी आप\mनो राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीति तय गर्न सक्छौं । हामीले संयुक्त राष्ट्र संघ तथा छिमेकी राष्ट्र भारतको भ्रमण गरेर बहुपक्षीय तथा द्विपक्षीय हितका विषयलाई प्राथमिकताका साथ अगाडि बढाएका छौँ । लामो अन्तरालपछि यसै वर्ष छिमेकी राष्ट्र चीनका महामहिम प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई मुलुक विचको ऐतिहासिक सम्बन्ध थप सुदृढ भएको छ । छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरी दुवै मुलुकका हित र चासोको सन्तुलित सम्बोधन गर्दै दुई तीब्र आर्थिक वृद्धि गरि रहेका मुलुकहरूको बीचको गतिशिल पुल बन्न हामी चाहन्छौं । सहअस्तित्व, अहस्तक्षेप, वार्ताद्वारा समस्याको हल खोज्ने जस्ता पञ्चशिलका सिद्धान्तहरुमा हाम्रो वैदेशिक नीति आधारित छ । हाम्रो भूमि कुनै पनि मित्र राष्ट्रका विरुद्ध प्रयोग हुन दिइने छैन र मित्र राष्ट्रहरुवाट पनि सोही अपेक्षा राखिएको छ । विश्व शान्ति र सम्वृद्धिमा संयुक्त राष्ट्र संघको प्रभावकारी भुमिका, क्षेत्रिय संघ संगठनमा हाम्रो सवि|mय संलग्नता र ती संगठनका माध्यमवाट क्षेत्रीय शान्ति तथा संवृद्धिको प्रर्वदन हाम्रो नीति रहिआएको छ । नेपालको यही सक्रिय असंलग्नताको नीतिलाई अभिव्यक्त र प्रवर्द्धन गर्न हामी यही भदौ १४ र १५ गते इरानको तेहरानमा हुने असंलग्न राष्ट्रहरुको १६ औं शिखर सम्मेलनमा सहभागी हुँदैछौं ।
वर्तमान सरकारले राष्ट्रिय हित विपरित कार्य गरिरहेको छ भन्नु विल्कुल निराधार लाञ्छना हो । वरु वर्तमान सरकाले छिमेकी मुलुकहरुसंगको सम्वन्धलाई विशेष महत्वका साथ हेरेको र खास गरी भारत र चीनसंगको सम्बन्धलाई बलियो बनाउँदै मुलुकको सर्वोपरी हितका लागि काम गरेको छ । भारतसंग दुई पक्षीय लगानी सम्बन्धी विप्पा लगायतका सम्झौता आफैंमा एउटा महत्वपूर्ण उपलब्धी हो । चीनसंग पनि विप्पा गर्ने प्रक्रिया अघि वढिरहेकाले छिमेकी मुलुकहरुको आर्थिक वृद्धिबाट नेपालले लाभ लिन सक्ने विषयमा हामी गम्भीर छौं भन्ने देखाउंछ । मुलुकको समग्र विकासको लागि ठूलो मात्रामा लगानी आवश्यक भएकोले विप्पा सम्झौताले राष्ट्रिय हितलाई नै थप बल पुग्न जानेछ ।
देशमा व्याप्त गरिवी र वेरोजगारीको अन्त्यका लागि हामीले केही दशक सम्म लगातार दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने हुन्छ, जसका लागि वर्षेनी अवौं डलर वरावरको उत्पादनशील लगानी आवश्यक हुन्छ । त्यो तत्काल हाम्रो आन्तरिक श्रोतवाट मात्रै सम्भवै छैन । त्यसकालागि विप्पा लगायतका सम्झौता हाम्रा निम्ति आवश्यकता र वाध्यता दुवै हो । यो धरातलीय यथार्थलाई आत्मसात नगरी कोरा संकीर्ण राष्ट्रवादको नाराले हामीलाई झन् परनिर्भर र कमजोर मात्र वनाउने छ । अव हामीले आन्तरिक रुपमा सवल, सुदृढ र एकतावद्ध भएर मात्र राष्ट्रिय हित र स्वाधिनताको रक्षा गर्न सक्छौं भन्ने तथ्यलाई आत्मसात गर्नै पर्छ । देशभक्ति जस्तो उदात्त अवधारणालाई संकीर्ण दलगत वा निजी स्वार्थले प्रदुषित गरिनु हुँदैन ।
कतिपयले प्रचार गरे जस्तो त्रिभूवन विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने विषयमा कुनै छुट्टै सम्झौता गरिएको अवस्था होईन । विमानस्थलको विस्तार र स्तरोन्नति गर्ने तथा व्यवस्थापन चुस्त र प्रभावकारी वनाउने वारे प्रारम्भीक प्रक्रिया मात्र अघि वढेको हो । धेरै अन्तराष्ट्रिय विमानस्थल विदेशी कम्पनीवाट निर्मित गरिएका उदाहरणहरु छन् । विमानस्थलको विस्तार र स्तरोन्नति गर्ने तथा व्यवस्थापनलाई प्रभावकारी वनाउने विषय आफैमा आलोचनाको विषय वन्नु पर्ने कुनै कारण छैन । त्यहाँ जे हुन्छ पारदर्शी हुन्छ र नेपालकै हितमा हुन्छ ।

आदरणीय जनसमुदाय,
अव हामीले छिट्टै अग्रगामी राजनीतिक निकास खोजेर वर्तमान संक्रमणकालको अन्त्य गर्नैपर्छ । करिव अन्तिम चरणमा पुगेको सेना समायोजनलाई पूर्णता दिएर र वेपत्ता भएकाहरुको छानवीन र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनै पर्छ । त्यसपछि हाम्रो सवभन्दा महत्वपूर्ण कार्यभार भनेको संविधानसभा मार्फत अग्रगामी संविधानको निर्माण नै हो । शान्ति र संविधानको गुरुत्तर कार्यभार पूरा गर्ने जिम्मा राजनीतिक दलहरुको हो र त्यसमा सहजकर्ता र सहयोगीको भूमिका निर्वाह गर्न यो सरकार पूर्ण प्रतिवद्ध छ । दलहरुले गर्ने सहमतिलाई कार्यान्वयन गर्न यो सरकार सधैं तत्पर छ ।
सम्मानित सर्वोच्च अदालतको व्याख्या र आदेश अनुरुप गत जेठ १४ गते मध्यरातमा संविधानसभाको स्वतः अवसान भएको स्थितिमा व्यवस्थापिका-संसदवाट विधिवत् निर्वाचित सरकारका सामु अर्को संविधानसभाको निर्वाचनको मिति तोक्नु वाहेक अर्को लोकतान्त्रिक विकल्प छँदै थिएन । तत्काल विद्यमान जुनसुकै लोकतान्त्रिक सरकारले पनि त्यही गर्नुपर्दथ्यो । त्यसो नगर्दा देशमा झन् ठूलो संवैधानिक रिक्तता, अन्योल र संकट पैदा हुनसक्थ्यो । सरकारको त्यो कदमले देशलाई गम्भीर संकटबाट वचाएकै हो । तर अव नयाँ संविधानसभाको निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरुको समझदारी र सहभागिता अनिवार्य छ । त्यसको अरु कुनै लोकतन्त्र सम्मत र अन्तरिम संविधानसम्मत विकल्प खोज्ने हो भने पनि राजनीतिक दलहरु वीचकै सहमति अपरिहार्य छ । परन्तु संविधानसभाबाटै नयाँ संविधान निर्माण गर्नु अवको राजनीतिक निकासको न्यूनतम पूर्वशर्त हो । अहिले सम्मको अनुभवको आधारमा यसो पनि भन्न सकिन्छ -जातीय तथा क्षेत्रीय पहिचान र अधिकार सहितको संघीयताÙ संघीयता सहितको संविधानÙ र संविधानसभाबाटै संविधान वर्तमान राजनीतिक निकासको  न्यूनतम आधार हो । यसका लागि निषेध र वहिस्कार होइन सम्वाद, अडान होइन लचकता, निरपेक्ष सत्ता वा पदमा होइन मुद्दामा केन्दि्रत हुन हामी सवै राजनीतिक दल र नेतृत्व वर्गलाई हार्दिक आहृवान गर्दछौं ।
संविधानसभा र व्यवस्थापिका-संसदको आकस्मिक अवसान पछि स्वतः कायम रहेको यो सरकारको र त्यसको नेतृत्वको हैसियतमा मेरो अनन्तकालसम्म पदमा वसिरहने कुनै मनसाय र इच्छा छैन । परन्तु अर्को वैधानिक सरकार नवनेसम्म र यो सरकार रहिरहेसम्म यसले राज्यसंचालनका न्यूनतम दायित्व निर्वाह गरिराख्नै पर्छ । व्यवस्थापिका-संसद नरहेको अवस्थामा आवश्यक कानूनी जटीलता र व्यवधान हटाउन जुनसुकै सरकारले पनि अध्यादेशको सहारा लिनैपर्ने हुन्छ । यो संसारभरिको प्रचलन र अहिलेको हाम्रो वाध्यता हो । यो तितो सत्यलाई आत्मसात गर्न र सरकार अध्यादेशको राज चलाउन चाहन्छ भन्ने झुटो लाञ्छनाको सहारा नलिन म सवैसँग आग्रह गर्दछु ।
अग्रगामी राजनीतिक निकासवारे दलहरु वीचमा प्याकेजमा सहमतिसँगै तुरुन्त विदा हुन यो सरकार आतुर छ । यसवारे कसैमा रत्तिभर आशंका रहन आवश्यक छैन । उचित निकासको वाटो नदेखाई मैले आवेगमा विदा लिने कुराले निम्त्याउने थप अस्थिरता र अराजकताको जिम्मेवारी कस्ले लिन्छ ? त्यसप्रति गम्भिर वन्न म विशेष आग्रह गर्दछु । आफै शिशाको घरमा वसेर अरुतिर ढंुगा हान्नु बुद्विमानी हुन्न भन्ने स्मरण गर्न म सम्वन्धित सवैसँग विनम्रतापूर्वक निवेदन गर्दछु ।

न्यायप्रेमी दिदीवहिनी तथा दाज्यूभाइहरु
आज मलाई अलिकति भावुक हुने अनुमति दिनोस् । दिल्लीका कोठीमा चौकीदार हाम्रा नेपाली दाजुभाइका पीडाले दुखेर म राजनीतिमा आएको थिएं । गोर्खा खोप्लाङका दिदीबहिनी र भाउजुमाथिका लैंगिक उत्पीडनको आव|mोशले मलाई राजनीतिमा लाग्न उत्प्रेरित गरेको थियो । गाउंका दलित दाजुभाइमाथिका शोषण, तिनको निरीह जीवन र तिनका दुःखको प्रतिकारमा म राजनीतिमा आएको थिएं । म समाजका बेथितिको  दर्शक हुन र साक्षी बस्न राजनीतिमा आएको थिइनँ । म आप\mनो राजनीतिक जीवनमा सबैभन्दा दुःखी त्यतिखेर भएँ, जब मैले थापाथलीका सुकुम्वासीलाई पहिले चोभार र पछि ललितपुरमा पुनःस्थापन गर्ने प्रयासबाट पछि हट्नु पर्‍र्यो । आफूलाई कम्युनिष्ट भन्ने र रातो झन्डा बोकेकाहरुले नै सुकुम्बासीहरुलाई आप\mनो वरिपरी अछुतको व्यवहार गरी माया र सदभाव होइन, तिरस्कार गरे । यो संव|mमणकालमा सरकारलाई कसरी भीडका अगाडि निरीह बनाउन खोजिएको छ, सुकुम्बासी प्रकरण त्यसको एउटा उदाहरण हो । समाज कति आत्मकेन्दि्रत र संवेदनहीन हुंदै गएको छ, हामीले अब यसका जरा खोज्नुपर्ने भएको छ । करुणा र सदभाव नभएको समाजले कहिल्यै प्रगति गर्न सक्दैन ।
त्यसैगरी फेसवुक लगायत सामाजिक संजाल मार्फत् निरन्तर खवरदारी गरिरहने युवापुस्ता संग मन खोलेर, आँखा जुधाएर भन्न चाहन्छु- म तपाईहरुको विद्रोही भावनालाई सलाम गर्छु । म पनि तपाईहरु जस्तै २३/२४ वर्षको उमेरमा उच्च शिक्षा हासिल गर्दा गर्दै तत्कालीन सामन्ती राजतन्त्रका विरुद्ध विद्रोहको मोर्चामा सामेल भएको थिएँ । विवेक र साहसले सम्पन्न युवापुस्ताले नै आजसम्मको विश्व इतिहासमा सवै वैज्ञानिक र सामाजिक क्रान्तिहरुको नेतृत्व गर्दै आएका छन् । हाम्रो देशमा गंगालालहरु देखि आजसम्म तीन पुस्ताका युवाहरुले लडाई लड्दा पनि राजनीतिक क्रान्ति समेत पूरा भएको छैन । आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको त कुरै छाडौं । क्रान्ति भनेको आमूल, सर्वांगीण परिवर्तन हो । २००७ सालदेखिको यो अधुरो क्रान्तिको पीडा तपाई हामी सवैले आज पर्यन्त भोगिरहेछौं । गत वर्ष तपाईहरुले नै मलाई यो पीडावाट मुक्ति दिने अभियानको नेतृत्व गर्न सक्छ कि भनेर अपार समर्थन दिनुभएको थियो । यो एक वर्ष मैले तपाईहरुलाई नै सम्झेर विभिन्न क्षेत्रमा अग्रगामी परिवर्तनकालागि संघर्ष गरें । तर पुरानै राज्यव्यवस्थाका परम्परावादी अनगिन्ती विधिविधान र प्रक्रियागत जञ्जाल तथा राज्यका विभिन्न अंगहरुको प्रतिरोधात्मक भूमिका र आफ्नै कतिपय सीमाका कारणले तपाईहरुको अपेक्षा पूरा गर्न सम्भव भएन । तर मैले हिम्मत हारेको छैन र तपाईहरुलाई पनि हिम्मत नहार्न आग्रह गर्दछु । निराशाजन्य र नकारात्मक सोंच त्यागेर क्रान्तिकारी आशावादीताले ओतप्रोत वनौं । तपाई हामी सवै एकतावद्ध भएर यो लम्विदै गएको संक्रमणकाललाई छिटो टुंग्याएर आर्थिक सम्वृद्धि र विकासको महाअभियानमा लामवद्ध वनौं । म पदमा रहे पनि नरहे पनि समाज रुपान्तरणको महाभियानमा तापाईहरुको साथमा रहनेछु । ढिलो वा चाँडो सत्य र न्यायको जित हुन्छ, हुन्छ । अहिलेको अनिश्चित र पट्यारलाग्दो संक्रमणकालको अन्त्य भएर अग्रगामी निकासको ढोका खुल्छ, खुल्छ ।
न्यायप्रेमी दिदी वहिनी तथा दाज्यूभाइहरु
वर्तमान सरकार तत्कालीन संविधानसभामा उपस्थित ३३ दलहरु मध्ये १२ दलको प्रत्यक्ष सहभागिता भएको र २० भन्दा वढी दलको समर्थन प्राप्त संयुक्त सरकार हो । जे जस्ता सीमा भए पनि यो मूलतः मुद्धामा आधारित गठवन्धन हो । यसका घटक उत्पीडितको प्रतिनिधित्व गर्छन् र चिन्तनका दृष्टिले अग्रगमनको पक्षमा छन् । एक वर्षे यो कार्यकालमा म सत्तारुढ गठबन्धनका सबै घटकलाई आपसी सहयोग र सदभावका लागि धन्यवाद व्यक्त गर्दछु । यसबीचमा अन्तराष्ट्रिय समुदायबाट प्राप्त हार्दिक समर्थन र सहयोगका लागि पनि सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु । यो संक्रमणकालमा नेपाललाई अन्तराष्ट्रिय जगतबाट अझ धेरै निस्वार्थ सहयोग र सद्भाव आवश्यक रहेको हुँदा सहयोगको निरन्तरताको हार्दिक अपेक्षा गर्दछु । एक वर्षलामो साथ र समर्थनका लागि म राज्यका सबै अंगप्रति आभारी छु र आगामी दिनमा पनि यो साथ निरन्तर रहने विश्वास व्यक्त गर्दछु । यस क्रममा हामी सबै दल र तिनका नेतृत्व, निवर्तमान माननीय सभासद, नागरिक समाज, निजी क्षेत्र, पेशाकर्मी, सञ्चारकर्मी र समस्त जनसमुदायको सहयोग, समर्थन र सद्भावका लागि पनि हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं । यसबीचमा सरकारले सार्थक हस्तक्षेप गर्न सकेका विषयमा म जनता, प्रशासनयन्त्र र सबै सरोकारवाला पक्षसँग त्यो सफलताको श्रेय बांडन चाहन्छु र सहयोगका लागि पुनः एक पटक धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा, म यो पदमा रहँू वा नरहूँ यो देशको स्वतन्त्रता र सार्वभौमिकता अक्षुण्ण रहोस् ! गणतन्त्र, संघीयता, समावेसी र समानुपातिक लोकतन्त्र सुरक्षित रहोस् ! आर्थिक सम्वृद्वि र समतामूलक विकास सम्पन्न होओस् !
धन्यवाद !
०६९ भाद्र १२

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय