रेडस्टारको विजयी सुरुआत

काठमाडौ, १२ भदौ । कोकाकोला अन्तरविद्यालय राष्ट्रिय छात्र/छात्रा फुटबल प्रतियोगिता–२०६९ को अन्तिमचरणका खेलहरू सोमबार सुरु भए । प्रतियोगिताअन्तर्गत एन्फा टेक्निकल सेन्टर च्यासल खेलमैदानमा भएको छात्रतर्फको पहिलो खेलमा रेडस्टार सेकेन्डरी स्कुल मोरङले दीपज्योति विद्याश्रम बाँकेलाई ४–१ गोलले पराजित गर्‍यो । रेडस्टारका लागि अनिल साँवाले २३ र ३३औँ मिनेटमा गोल गरे भने पुरन राईले ३८औँ र टेकबहादुर लिम्बूले ६७औँ मिनेटमा गोल गरे । दीपज्योतिका लागि विजय ज्ञवालीले ४५औँ मिनेटमा गोल गरेका थिए ।
सोमबारको अर्को खेलमा नेपाल आदर्श आवासीय माध्यमिक विद्यालय कास्की र देवकोटा पब्लिक स्कुल मोरङबीचको खेल १–१ गोलको बराबरी भयो । नेपाल आदर्शका लागि कृष्ण ढकालले ३१औँ मिनेटमा गोल गरे भने देवकोटा पब्लिकका लागि लोमेश पण्डितले ४१औँ मिनेटमा बराबरी गोल गरेका थिए ।
सोमबारको तेस्रो खेलमा सैनिक आवासीय महाविद्यालय पोखराले सिद्धार्थ बोर्डिङ स्कुल बुटवललाई ७–१ गोलले पराजित गर्‍यो । सैनिकका लागि जीवन कुमालले पहिलो, १०आँै, २७आँै र ५५औँ मिनेटमा गोल गरेका थिए भने देव गुरुरूले ४६आँै र ६३औँ मिनेटमा गोल गरे । विमल गुरुङले ५९औँ मिनेटमा गोल गरेका थिए । सिद्धार्थका लागि कृष्ण ढकालले ३१औँ मिनेटमा गोल गरेका थिए ।
अर्को खेलमा हिमशिखर इंगलिस स्कुल सुनसरीले सुदूरपश्चिम क्षेत्रीय प्रहरी स्कुल कैलालीलाई ४–१ गोलले पराजित गरेको छ । हिमशिखरका लागि खेमराज तामाङले चौथो र ४२औँ, प्रदीप राईले १२औँ र सनिस राईले ६४औँ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया