अन्तरविद्यालय कोकाकोला कपको तयारी पूरा

काठमाडौं, ११ भदौ । कोकाकोला कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको अन्तिम चरणका खेल सोमबारदेखि हँदै छ । अन्तिम चरणमा छात्रतर्फ १२ र छात्रातर्फ सात विद्यालयबीच लिगकम नकआउटको आधारमा खेल हुनेछ । देशभरका ५ सय ११ विद्यालयका १० हजार युवा खेलाडीको सहभागिता रहेको प्रतियोगिताको पहिलो चरणबाट १९ टोली छनोट भएका हुन् । खेल एन्फा टेक्निकल सेन्टर च्यासल मैदान ललितपुरमा हुनेछ । प्रतियोगिता आगामी १८ भदौसम्म चल्नेछ ।
प्रतियोगिताको पहिलो चरणको खेलमा जित हात पार्दै पूर्वाञ्चलको मोरङबाट छात्रतर्फ रेडस्टार बोर्डिङ स्कुल पत्थरी मोरङ, देवकोटा पब्लिक स्कुल विराटनगर र हिमशिखर बोर्डिङ स्कुल तरहरा, सुनसरी अन्तिम चरणका लागि छनोट भएका थिए । पूर्वाञ्चलबाट छात्रातर्फ भने पब्लिक मावि सुनसरी छनोट भएको थियो । मध्यमाञ्चल विकास क्षेत्रबाट छात्रतर्फ ज्ञानोदय बोर्डिङ स्कुल, सिद्धार्थ वनस्थली, सैनिक आवासीय महाविद्यालय भक्तपुर र पाथफाइन्डर स्कुल छनोटमा परेका थिए । मध्यमाञ्चलकै छात्रातर्फ जेपी इंगलिस स्कुल र नन्दी मावि छनोटमा परेका थिए ।
पश्चिमाञ्चलबाट छात्रतर्फ सैनिक आवासीय महाविद्यालय पोखरा र नेपाल आदर्श मावि पोखरा छनोटमा परेका छन् । छात्रातर्फ टप्स उमावि छनोट भयो । त्यस्तै पश्चिमाञ्चलकै रूपन्देहीको बुटवलमा भएको पहिलो चरणको खेलबाट ब्वायजतर्फ सिद्धार्थ इंगलिस स्कुल बुटवल र गल्र्समा बालशिक्षा मावि गँैडाकोट छनोटमा परेका छन् ।
मध्यपश्चिमाञ्चलबाट भने दीपज्योति विद्याश्रम कोहलपुर गल्र्स र ब्वायज दुवैमा छनोट भयो । सुदूर पश्चिमाञ्चलबाट भने सुदूरपश्चिम क्षेत्रीय प्रहरी आवासीय महाविद्यालय कैलाली ब्वायजमा छनोट भयो भने गल्र्समा कनरा मावि खेलाट कैलाली दोस्रो चरणका लागि छनोट हुन सफल भएको छ । यस प्रतियोगिताको उपाधिविजेताले दुई लाख, उपिविजयीले एक लाख तथा तेस्रो हुनेले ५० हजार रुपियाँ पाउनेछन् । चौथो हुने टिमले २५ हजार रुपियाँ पाउनेछ ।

प्रतिक्रिया