जातीय राज्य लादन खोज्दा संविधान बनेन

प्युठान, १० भदौ । एमाले सचिव शंकर पोखरेलले एमाओवादीले जातीय राज्य लादन खोज्दा संविधानसभाले संविधान दिन नसकेको बताएका छन् ।
प्यठानमा आज आयोजित पत्रकार सम्मेलनमा उनले संसदको निर्वाचन गरेर संविधान निर्माण सम्बन्धी बाँकी कामलाई पूरा गर्नु पर्ने बताए । ‘विगतका सहमतिबाट एमाओवादी पछि हटेको छ,’ उनले भने, ‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने एमाओवादी कार्य शैलीका कारण राजनीतिक गतिरोधको अवस्था सिर्जना भएको हो ।’
उनले सत्तारुढ दलहरुको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’सँग कुनै प्रकारको बार्ता नगर्ने बताए । उनले भने, ‘सहमति विपरित गठन भएको गठबन्धनलाई कांग्रेस र एमालेले मान्यता दिदैंन ।’
मुलुकलाई निकास दिने अन्तिम दायित्व राष्ट्रपतिको हातमा रहेको उनको भनाई थियो । ‘राष्ट्रपतिले नै राजनीतिक गतिरोधको समाधान दिन भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘दलहरुलाई दबाव पनि दिनु पर्छ ।’

प्रतिक्रिया