चार वृद्धा सम्मानित

भक्तपुर : महिला अभियान नेपाल तथा जातिगाल टोल विकास समितिले शनिबार वृद्धालाई सम्मान गरेको छ । पूर्वसभासद् कमला पन्त र मध्यपुर थिमी नगर प्रमुख दुर्गादेवी देवकोटाले भक्तपुरमा आयोजित एक कार्यक्रममा दोसल्ला ओढाई उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा ९७ वर्षीया महालक्ष्मी मैनाली, ९५ वर्षीया मनमाया घिमिरे, ९३ वर्षीया मनकर्नी अधिकारी र ९० वर्षीया सावित्री अधिकारी छन् । निर्मला थापाको अध्यक्षतामा सम्पन्न सो समारोहमा सचिव राधिका पन्त, ओमकुमारी घिमिरेलगायतले मन्तव्य राखेका थिए । सम्मानपश्चात् तिजका विभिन्न भाकामा नाचगानसमेत प्रस्तुत गरिएको थियो । (सौस)

प्रतिक्रिया