लेनदेनमा कुरा नमिले पछि विभाजनः मजगैंया

दाङ, ९ भदौ । कांग्रेस नेता बलदेब शर्मा मजगैंयाले एमाओवादी फुट्नुको कुनै सैद्धान्तिक आधार नभएको बताएका छन् ।
उनले भने, ‘एमाओवादी पैसाको लेनदेनका कारण विभाजन भएको हो ।’ एमाआवादी भित्र बढ्दै गएको आर्थिक अपारदर्शिता नै पार्टी फुट्नुको मूल कारण भएको चर्चा गर्दै उनले एमाओवादीमा चरम आर्थिक विकृति रहेको दाबी गरे ।
दाङको लालमटिया–४, कटाह गाँउमा आज आयोजित कार्यक्रममा उनले प्रजातन्त्रका लागि लामो समयदेखि लडेका कांग्रेस कार्यकर्ताले भत्ता नमागेको बताए । उनले भने, ‘एमाओवादी कार्यकर्ताले भत्ता र सम्पत्तिको माग गरेर चक्काजामसम्म गर्नुले पनि राजनीति सम्पत्ति आर्जनका लागि भएको पुष्टि हुन्छ ।’
एमाओवादीका नेताको आर्थिक स्तर बढ्नु राज्यले लडाकुलाई दिएको रकम भएको उनको भनाई थियो ।
यसैवीच, विभिन्न दल परित्याग गरेका दुई सय बढि समर्थक पार्टीमा प्रवेस गरेको कांग्रेसले दाबी गरेको छ ।

प्रतिक्रिया