मधेस विखण्डनसम्म हुनसक्छः भण्डारी

लहान, ९ भदौ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले मधेसमाथि राज्यले गरेको विभेद्बाट विद्रोह उत्पन्न हुनसक्ने र त्यसले मधेसलाई विखण्डन गर्नसक्ने चेतावनी दिएका छन् ।
लहानमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले पनि मधेसको मुद्दालाई गौण गरिएको आरोप लगाए । उनले भने, ‘मधेस जाति होइन, एउटा समुदाय भएकाले आफ्नो पहिचानका लागि विद्रोह भएर विखण्डन हुन सक्दछ ।’

यस अघि उनले तराईबाट मधेस टुक्राउने भनेर विवादास्पद अभिव्यक्ति दिएपछि रक्षामन्त्रीबाट हट्नु परेको थियो ।

उनले अध्यादेशबाट सत्ता टिकाउन सत्तारुढ दलहरु लागि रहेको बताए । राष्ट्रपतिले अध्यादेश अस्वीकृत गरेर संवैधानिक काम गरेको उनको भनाई थियो ।

प्रतिक्रिया