आठ वर्षीया बालिका बलात्कार

मोरङ, ८ भदौ । मोरङमा एक जना आठ वर्षीया बालिकाको बलात्कार भएको छ ।
बालिकालाई बलात्कार गर्ने हरैया गाबिस वडा नम्वर २ बस्ने २१ वर्षीय विनोद साहलाई प्रहरीले पक्राउ गरेको छ । उनले सोही ठाउँ बस्ने विक थरकी बालिकालाई गएराति मीठाइ दिएर ललाई फकाई बलात्कार गरेका हुन् ।
बालिकालाई गाविस भवन पछाडी लगेर बलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले फेला पारेर साहलाई प्रहरीमा बुझाएका थिए ।

प्रतिक्रिया