कांग्रेसमा व्यक्तिवादी चरित्र हावी

भैरहवा, ८ साउन । कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले व्यक्तिवादी चरित्र हावी हुँदा पार्टीमा समस्या परेको बताएका छन् ।
नेविसंघको लुम्बिनी अञ्चल स्तरीय बृहत प्रशिक्षणमूलक कार्यकर्ता भेलालाई आज भैरहवा सम्बोधन गर्दै उनले भने, ‘सत्ता र शक्तिमा पुग्ने व्यक्तिको पछि लाग्ने परम्परागत संस्कारले कांग्रेसमा विवाद निम्ताएको छ ।’
उनले आफू कांग्रेसमा कुनैपनि गुटको मान्छे नरहेको दाबी गरे । उनले भने, ‘म न देउवा जीको फस्ट च्वाइस भए न त सभापति कोइराला जी को ।’
नेता केसीले संविधानसभाको पुनःस्थापना गर्नु कांग्रेसका लागि आत्महत्या सरह रहेको टिप्पणी गरे । उनले कुनैपनि हालतमा संविधान सभा व्यूताउन नहुने बताए ।

प्रतिक्रिया