सभापतिद्वारा नेताहरुसँग परामर्श

काठमाडौं, ८ भदौ । पूर्वाञ्चलका विभिन्न जिल्ला भ्रमण सकेर बुधबार बेलुका काठमाडौंमा फर्किएका कांग्रेस सभापति सुशील कोइरालाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा आफू निकट नेताहरुसँग परामर्श गरेका छन् ।
महाराजगञ्जस्थित आफ्नै निवासमा आज विहान जम्मा भएका नेताहरुसँग आन्तरिक संगठन र राजनीतिक गतिरोधका बारेमा छलफल गरेको केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले बताए । उनले भने, ‘सभापति कोइरालाले मुलुकको पछिल्लो राजनीतिक अवस्था र आन्तरिक संगठनका बारेमा सामान्य कुराकानी गर्नु भएको हो ।’
उनले कांग्रेसको केन्द्रीय कार्यसमिति जारी रहेको र संभवत एघार गते पुनः बैठक बस्ने तयारी भएको बताए । उनले भने, ‘केन्द्रीय समितिको बैठकका एजेण्डाहरुका विषयमा पनि सामान्य छलफल भयो ।’
वरिष्ठ नेता शेरबहादुर देउवा समूहले विभाग र अञ्चल संयोजकहरु नियुक्तिलाई लिएर विवाद उत्पन्न गरेको छ ।

प्रतिक्रिया