विमानस्थलको माग गर्दै रिले अनशन

कास्की, ८ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन बिहीबारदेखि अनिश्चितकालीन रिले अनशन सुरु भएको छ । बिहीबार बिहान १० बजेबाट पोखरा विमानस्थलअगाडि अनशन सुरु भएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिको आयोजनामा भएको अनशनमा पोखराका सात व्यक्तित्व सहभागी छन् ।
कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पर्यटनविद् झलक थापा, लोकगायिका हरिदेवी कोइराला, भलिबल खेलाडी सिपोरा गुरुङ र सञ्चारउद्यमी विश्वशंकर पालिखे रिले अनशनमा बसेका हुन् । अनशनको दोस्रो चरणमा कवि तीर्थ श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी नारायण कार्की, पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख गेहेन्द्रेश्वर कोइराला, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बिन्दुकुमार थापा, उद्यमी डम्बरसिंह गुरुङ तथा रुद्र घले अनशनमा बस्ने आयोजकले जनाएको छ ।
सरोकार समितिले बिहीबार पोखरा विमानस्थलको हवाई उडान बन्द गरेर आन्दोलन चर्काएको हो । उडान भर्ने विभिन्न कम्पनीले बिहीबारका लागि कुनै पनि टिकट बेचेका थिएनन् । विमानस्थल बनाउने पोखरेली अभियानमा ऐक्यबद्धता जनाउँदै उनीहरूले उडान नभरेका हुन् । काठमाडैा र पोखरा–जोमसोमका लागि दैनिक २० उडान हुँदै आएका थिए । काठमाडांै–पोखरा रुटमा बुद्ध, यति र गुण एअरलाइन्सले नियमित उडान भर्दै आएका छन् भने तारा र अग्नि एअरले पोखरा–जोमसोम रुटमा दैनिक उडान भर्ने गरेका छन् ।
चीनको एक्जिम बैंकको १८ करोड ५० लाख रुपियाँ सहुलियतदर ऋणबाट पोखरामा विमानस्थल निर्माणको काम सुरु हुन लागे पनि परेका तीन कम्पनीको टेन्डरसमेत सरकारले स्वीकृत गर्न सकेको छैन । ६ असारमा ठेकेदारसँग सम्झौता गर्नुपर्नेमा काम अघि नबढेपछि पोखरेली आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनअन्तर्गत विभिन्न सभा, सेमिनार, गोष्ठीका साथै पोखराबजार ठप्प भइसकेको छ । यस्तै आन्दोलनस्वरूप टयाक्सी जुलुस, पोखराका सबै एफएम रेडियोको प्रसारण बन्द हुनुका साथै काठमाडौंस्थित सिंहदरबार घेराउ कार्यक्रम पनि भइसकेको छ ।
३८ वर्षअघि पोखराको छिनेडाँडामा तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिए पनि अहिलेसम्म विमानस्थल बन्न सकेको छैन । विमानस्थल नबन्दा विमानस्थल निर्माणस्थल चरण क्षेत्रमा परिणत भएको छ । सरोकार समितिले आफ्नो एकसूत्रीय माग पूरा नभए आन्दोलनलाई सशक्त बनाएर १५ भदौदेखि पोखरा विमानस्थल अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ ।

;f}o{ ;dfrf/

sf:sL, & ebf} . kf]v/fdf If]qLo cGt/f{li6«o ljdfg:yn lgdf{0fsf nflu bafa lbg laxLaf/b]lv clglZrtsfnLg l/n] cgzg ;’? ePsf] 5 . laxLaf/ laxfg !) ah]af6 kf]v/f ljdfg:yncufl8 cgzg ;’? ePsf] xf] . kf]v/f If]qLo cGt/f{li6«o ljdfg:yn lgdf{0f ;/f]sf/ ;ldltsf] cfof]hgfdf ePsf] cgzgdf kf]v/fsf ;ft JolQmTj ;xefuL 5g\ .
sf6′{lg:6 b’uf{ a/fn …jfT;fogÚ, g]kfn pBf]u jfl0fHo dxf;+3sf k”j{cWoIf cfgGb/fh d’NdL, ko{6gljb\ emns yfkf, nf]suflosf xl/b]jL sf]O/fnf, elnan v]nf8L l;kf]/f u’?ª / ;~rf/pBdL ljZjz+s/ kflnv] l/n] cgzgdf a;]sf x’g\ . cgzgsf] bf];|f] r/0fdf slj tLy{ >]i7, jl/i7 ;~rf/sdL{ gf/fo0f sfsL{, k[YjLgf/fo0f SofDk; kf]v/fsf k|d’v u]x]Gb|]Zj/ sf]O/fnf, kf]v/f pBf]u jfl0fHo ;+3sf k|yd pkfWoIf laGb’s’df/ yfkf, pBdL 8Da/l;+x u’?ª tyf ?b| 3n] cgzgdf a:g] cfof]hsn] hgfPsf] 5 .
;/f]sf/ ;ldltn] laxLaf/ kf]v/f ljdfg:ynsf] xjfO{ p8fg aGb u/]/ cfGbf]ng rsf{Psf] xf] . p8fg eg]{ ljleGg sDkgLn] laxLaf/sf nflu s’g} klg l6s6 a]r]sf lyPgg\ . ljdfg:yn agfpg] kf]v/]nL cleofgdf P]Soa4tf hgfp“b} pgLx¿n] p8fg ge/]sf x’g\ . sf7df8f+} / kf]v/f–hf]d;f]dsf nflu b}lgs @) p8fg x’“b} cfPsf lyP . sf7df8f+}–kf]v/f ?6df a’4, olt / u’0f Pc/nfOG;n] lgoldt p8fg eb}{ cfPsf 5g\ eg] tf/f / clUg Pc/n] kf]v/f–hf]d;f]d ?6df b}lgs p8fg eg]{ u/]sf 5g\ .
rLgsf] PlShd a}+ssf] !* s/f]8 %) nfv ?lkof“ ;x’lnotb/ C0faf6 kf]v/fdf ljdfg:yn lgdf{0fsf] sfd ;’? x’g nfu] klg k/]sf tLg sDkgLsf] 6]G8/;d]t ;/sf/n] :jLs[t ug{ ;s]sf] 5}g . ^ c;f/df 7]s]bf/;“u ;Demf}tf ug'{kg]{df sfd cl3 ga9]kl5 kf]v/]nL cfGbf]ngdf plqPsf x’g\ .
cfGbf]ngcGtu{t ljleGg ;ef, ;]ldgf/, uf]i7Lsf ;fy} kf]v/fahf/ 7Kk eO;s]sf] 5 . o:t} cfGbf]ng:j¿k 6ØfS;L h’n’;, kf]v/fsf ;a} PkmPd /]l8of]sf] k|;f/0f aGb x’g’sf ;fy} sf7df8f}+l:yt l;+xb/af/ 3]/fp sfo{qmd klg eO;s]sf] 5 .
#* jif{cl3 kf]v/fsf] l5g]8f“8fdf tLg xhf/ Ps ;o ^ /f]kgL hUuf clwu|x0f ul/P klg clxn];Dd ljdfg:yn aGg ;s]sf] 5}g . ljdfg:yn gaGbf ljdfg:yn lgdf{0f:yn r/0f If]qdf kl/0ft ePsf] 5 . ;/f]sf/ ;ldltn] cfÎgf] Ps;”qLo dfu k”/f geP cfGbf]ngnfO{ ;zQm agfP/ !% ebf}b]lv kf]v/f ljdfg:yn clglZrtsfnLg aGb ug]{ lg0f{o u/]sf] 5 .

प्रतिक्रिया