स्वयंसेवक दलको सम्मेलन असोजमा

काठमाडौं, ७ भदौ । नेकपा–माओवादीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा कामचलाउ सरकारलाई घच्घचाउने निर्णय गरेको छ ।
नेकपा–माओवादीको आज काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले समसामयिक विषयमा मागपत्र प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । मागपत्र स्थानीय स्तरमा जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसै गरेर नेकपा–माओवादीले राष्ट्रिय राजनीतिमा देखा परेको संकट समाधान गर्न सर्वपक्षीय गोलमेचसभालाई निरन्तरता दिने निर्णय गर्दै स्थानीय स्तरमा समेत आयोजना गर्ने उल्लेख छ ।
नेकपा–माओवादीले राष्ट्रिय स्वयंसेवक दलको पहिलो राष्ट्रिय सम्मेलन असोज अन्तिम साता काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ । सम्मेलन असोजको २५, २६ र २७ गते हुने छ ।
केन्द्रीय समिति बैठक भदौ–१४ गते पुनः बस्ने गरी आजलाई स्थगित भएको छ ।

प्रतिक्रिया