सुनियोजित रुपमा संविधानसभा विघठन

काठमाडौं, ७ भदौ । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावालीले एकीकृत माओवादीले सत्ता कब्जा गर्ने षडयन्त्र अनुसार नै सुनियोजित रुपमा संविधानसभा विघठन गरेको आरोप दोहराएका छन् ।
काठमाडौंमा आज आयोजित अन्तरक्रियामा उनले संवैधानिक अंगलाई रिक्त गर्ने र अन्तरिम संविधानका धाराहरु अध्यादेश मार्पmत परिवर्तन गर्ने कार्यले सो विषयलाई पुष्टि गरेको दाबी गरे ।
उनले भने, ‘राजनीतिक रिक्तताभित्र सत्ता कब्जा गर्न खोज्ने मानोवृत्ति बोकेको वर्तमान सरकार रहँदासम्म सहमति हुँदैन ।’
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रतिपक्षी दलहरुले लगाएको संविधानसभा विघठनको आरोप गलत भएको दावी गरे ।
उनले राष्ट्रपतिलाई संवैधानिक दायरामा बस्न सल्लाह दिए । ‘अहिले यथास्थितिवादी शक्तितिर ढल्किएर राष्ट्रपतिले बाटो विराउन थाल्नुभएको छ,’ उनले भने, ‘यस्तै भयो भने मुलुक द्वन्द्वमा फस्ने निश्चित छ ।’

प्रतिक्रिया