खोजखबर

मध्यभोटेकोसीको काम नरोक्न आदेश

सौर्य अनलाइन २०६९ भदौ ६ गते २३:५३ मा प्रकाशित

सिन्धुपाल्चोक, ७ भदौ । सर्वोच्च अदालतले मध्यभोटेकोसी जलविद्युत् आयोजनाको काम नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

आयोजनाले वातवरणीय परीक्षण नगरी काम सुरु गरेको भन्दै तत्काल काम रोक्न परेको रिटमा बुधबार भएको बहसले निर्बाध रूपमा आयोजनाको काम सञ्चलन गर्न आदेश दिएको हो ।
भोटेकोसी नदी किनारमा सञ्चालित बोर्डरल्यान्ड रिसोर्टका सञ्चालक मेघ आलेसहित नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेट्न्सका अध्यक्ष नानीकाजी थापालगायत केही पर्यटन व्यवसायीले जलविद्युत् आयोजनाविरुद्ध ३१ साउनमा आयोजनाविरुद्ध रिट दायर गरेका थिए । रिटउपर न्यायाधीश प्रकाश वस्ती र कमल नारायणदासले बहस गरेका थिए ।
अदालतले आयोजनाको काम सुचारु गर्न निर्देशन दिएपछि आफूहरू उत्साही भएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाका प्रबन्ध सञ्चालक कुलमान घिसिङले जानकारी दिए । उनले भने, ‘हामीले हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम पूरा गरेका छौँ । अदालतको निर्देशनले हामी थप उत्साही भएका छौँ ।’ निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनामा अहिले परीक्षण सुरुङ खन्ने काम भइरहेको छ । ६ महिनापछि आयोजनाको निर्माण कार्य सुरु हुने घिसिङले जानकारी दिए । आयोजनाले सन् ०१६ मा निर्माणकार्य सक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय