सेनाका एक जवानको मृत्यु, ३ घाईते

काठमाडौं, ६ भदौ । विगत ४ दिनदेखि लगातार परेको वर्षाका कारण सेनाको लाईन भत्कीदा डोल्पा जिल्लामा तैनाथ समरसुर गुल्मका एक जवानको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
गएराति सेनाको लाईन भत्कीदा हुद्धा तनहुँ घर भएका मित्रलाल गुरुङ्गको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
घटना लगत्तै पुगेका सेनाका सकल दर्जाले तीन जनालाई सकुशल उद्धार गरेका थिए ।
गुरुङको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको थियो । घाईते तीन जनाको वीरेन्द्र अस्पताल छाउनी, काठमाडौंमा उपचार भईरहको छ । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं ल्याईएको थियो ।
मृतक हुद्धा गुरुङ्गको शब जिल्ला अस्पताल दमौलीमा पोष्टमार्टम पश्चात आफन्तहरुलाई बुझाईएको छ ।

प्रतिक्रिया