बलात्कार गर्ने दुई पुरुष पक्राउ

काठमाडौं, ६ भदौ । काठमडौं र भक्तपुरमा महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको जोरपाटीमा एक १७ बर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा डेरा गरी बस्ने सिन्धुपाल्चोक जिल्ला बौवा–१ घर भएका ३५ बर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तामाङले सोही ठाउँ डेरा गरी बस्ने शेर्पा थरकी ती युवतीलाई गत असार–२ गतेदेखि साउन–२३ गतेसम्म पटक/पटक बलत्कार गरेको प्रहरी भनाई छ ।
आफू पटक/पटक बलात्कार भएपछि पीडित महिलाले महानगरीय प्रहरी बृत्त बौद्धमा भदौ–५ गते उजुरी गरेकी थिईन । सोही उजुरीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
त्यसै गरेर, भक्तपुरको नङखेल–८ काकाबारी बस्ने एक ३६ वर्षीया महिलालाई काभ्रे घर भएका बिक्रम तामाङले बलात्कार गरेका छन् ।
महिला बलात्कार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे जिल्ला नाशिका–८ बस्ने २६ वर्षीय बगु भत्रे तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले मंगलबार राति पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया