खोप लगाउँदा चार बालबालिकाको मृत्यु

डोटी, ६ भदौ । डोटी जिल्लामा दादुराको खोप लगाउँदा चार बालबालिकाको मृत्यु भएको छ ।
काठमाडौं पोखरी गाविसको वडारियामा भदौ–३ गते सोमबार सोही गाविसकी माहिल स्वयं सेविका अमृता बोगटीले दादुराको खोप बालबालिकाहरुलाई लगाउदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पोखरी–९ बस्ने पशुपति विककी छोरी अन्जु विक, काठमाडौं–७ बस्ने सुन्तली नेपालीकी १० महिनाकी छोरी सुजता नेपाली, इनरी तिरालकी २ बर्षीया छोरी गौरी तिराल र हिमा दमाइकी १ बर्षीय छोरा मिलन नेपाली रहेका छन् ।
बच्चाहरुको मृत्यु दादुराको खोपाकै कारणबाट वा अन्य कुन कारणले भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
उता, झापाको चन्द्रगढी–२ बस्ने ७८ बर्षीया सरस्वती कट्टेलको सुई लगाएर मृत्यु भएको छ ।
चैतु मन्दिरमा ममता क्लिनिक खोली बसेका भारतीय नागरिक १९ बर्षीय अभिजित बालाले कट्टेललाई मंगलबार सुई लगाउँदा बेहोस भएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुई लगाएर बेहोस कट्टेललाई उपचारका लागि मेची अंचल अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया