सुत्केरीको मृत्यु पछि प्रसुति गृहमा तनाव

काठमाडौं, ५ भदौ । चिकित्सकको लापरबाहीका कारण सुत्केरी ताराकुमारी शर्मा फुयालको मृत्यु भएको आरोपमा आफन्तले आज प्रसुति गृह थापाथलीमा नारावाजी सहित प्रदर्शन गरेका छन् ।
अस्पतालको कम्पाउण्डमा मध्यान्ह आफन्तले चिकित्सक र व्यवस्थापन विरुद्ध नाराबाजी गरेको प्रहरीले जनाएको छ । आफन्तको नारावाजी र घेराउ पछि प्रसुति गृह अस्पतालमा दिनभरि तनाव भएको थियो ।
काठमाडौं महानगरपालिका जैशीदेवल बस्ने सोलुखुम्वु घर भएकी २८ वर्षीया तारालाई भदौ–३ गते व्यथा लागे पछि उपचारका लागि प्रसुति गृह थापाथली लगिएको थियो ।
उनको आज विहान साढे सात बजे बच्चा जन्माउने क्रममा मृत्यु भएको थियो । आमाको मृत्यु भए पनि बच्चा भने सकुशल जन्मीएको छ ।

प्रतिक्रिया