प्रदेश विभाजन गर्न जनमत संग्रह

काठमाडौं, ५ भदौ । कांग्रेस नेता अर्जुन नरसिंह केसीले पहिचानसहितको प्रदेशको विभाजनका लागि जनमत संग्रह गर्न प्रस्ताव गरेका छन् ।
काठमाडौं, क्षेत्र नम्बर–६ मनमैजुमा स्थानीय युवाहरुले आज आयोजना गरेको कार्यक्रममा नेता केसीले एकल पहिचान र साझा सहिचानका पक्षमा जनमत संग्रह गर्न प्रस्ताव गरहेका हुन् । उनले भने, ‘पहिचानसहितको संघीयताबारे दलहरुबीच विवाद समाधानको विकल्प जनमतसंग्रह हुनसक्छ ।’
एकीकृत माओवादीका नेताहरुले कांग्रेसलाई दुश्मनको रुपमा प्रचार गरिरहेको भन्दै नेता केसीले आपत्ति समेत जनाए । उनले भने, ‘कांग्रेसलाई दुश्मन मान्ने शक्तिहरु आफैं समाप्त भएर जान्छन् ।’
कांग्रेस काठमाडौं जिल्ला सभापति भीमसेनदास प्रधानले एमाओवादी सरकारका पालामा राष्ट्रियता धरापमा परेको दावी गरे ।
हार स्वीकार नगर्ने प्रवृत्तिका कारण नेपाली राजनीतिक नेतृत्व बलियो बन्न नसकेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया