हात मिलाएर विश्व कीर्तिमान राख्ने

भक्तपुर, ४ भदौ । दाङको लमहीका दिनेश आचार्यले लगातार ८० घन्टा हात मिलाएर विश्व कीर्तिमान राख्ने दाबी गरेका छन् ।
खोटाङका वीरेन्द्रकुमार राईसँग उनले भदौ–६ गते देखि लगातार असी घण्टा हात मिलाउने छन् । बिहान १० बजेदेखि निरन्तर ८० घन्टा हात मिलाएर विश्व मानचित्रमा विश्व रेकर्ड राख्ने अन्तिम तयारी पूरा गरेको आर्चायले बताए ।
भक्तपुरमा आज पत्रकार सम्मेलन गरेर आचार्यले नेपाल र नेपालीको शान, एकता, मेलमिलाप र शान्तिका लागि अभियान भन्ने नारालाई सार्थकता पार्न आफूले विश्व कीर्तिमान राख्न लागेको बताए ।
आचार्यले यसअघि पनि १ सय १४ घन्टा ३४ मिनेट ३४ सेकेन्ड निरन्तर पढेर विश्व कीर्तिमान कायम राखिसकेका छन् ।
यसअघि विश्व गिनिज रेकर्डमा निरन्तर ४२ घन्टा १२ मिनेट ९ सेकेन्डसम्म नेपालकै पवन तिमिल्सिना र दिनेश तिमिल्सिनाले हात मिलाएर विश्व रेकर्ड कायम गरेका थिए ।

प्रतिक्रिया