दाहाल र भट्टराईमा विचलनः थापा

चितवन, ४ भदौ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले वर्तमान सरकारबाट अहिलेको संकट समाधान नहुने बताएका छन् ।
चितवनको रत्ननगरमा आज आयोजित कार्यक्रममा उनले कामचालउ सरकारले तत्काल पदत्याग गरेर सहमतिको बाटो खुला गर्नुपर्ने बताए ।
उनले भने, ‘यो सरकारको न त संवैधानिक अधिकार छ, न त अन्य दलहरूले नै विश्वास गरेका छन् ।’
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई दक्षिणपन्थी धारमा लागेकाले उनीहरुमा विचलन आएको थापाले लगाए ।

प्रतिक्रिया